२१ जेठ, पर्वत । सामाजिक क्षेत्रमा क्रियाशील संस्था ‘सकारात्मक परिवर्तनका लागि हातेमालो अभियान नेपाल’ले एक कार्यक्रमका बीच मेरुदण्ड पीडितलाई दुई लाख दुई रुपैंया सहयोग गरेको छ ।
६ वर्ष अगाडि मेरुदण्ड भाँचिएर विस्तारमा मृत्युसँग लडिरहेका बागलुङ नगरपालिका वडा नं. ३ रातमाटा निवासी बामन सापकोटालाई एक कार्यक्रमका बीच निजकै निवासमा संघीय सांसदन डा. सुर्य पाठकको हातबाट सो रकम हस्तान्तरण गरिएको हो ।
शनिवार ८ बजे पीडित सापकोटाका घरमा कार्यक्रमको आयोजना गरी अमेरिकाबाट संकलित दुई लाख बढी रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. पाठकले भौतिक शरीर विदेशमा भएर पनि मन नेपालमै भएका सामाजिक व्यक्तित्वहरुको सहयोग सबैका लागि प्रेरणाको श्रोत भएको बताए ।
साथै उनले सामाजिक क्षेत्रमा काम गर्ने सकारात्मक परिवर्तनका संवाहक यस्ता संस्थाका कारण समाजमा सबैलाई केही गर्ने हौसला मिलेको बताए ।
उनले भोलिका दिनमा पनि सापकाटा जस्ता विरामीहरुलाई सहयोग गरेर मानवीय धर्म निर्वाह गर्न सबैलाई अपिल गर्दै सकारात्मक परिवर्तनका लागि हातेमालो अभियान नेपालले चलाएको अभियान प्रशंसनीय रहेको बताए ।
सांसद पाठकले भने–‘मान्छे विदेश भएर के भयो ? उहाँहरुको मन नेपालमै छ । मैले उहाँहरुले पटक पटक नेपालमा सहयोग गर्ने गरेको जानकारी पाएको छु । उहाँहरुजस्तो उच्च मनको धनीहरुबाट हामीले केही सिक्न जरुरी छ ।’
कार्यक्रममा अभियानका तर्फबाट अभिान्ता राजु पौडेलले अभियानको संचालन गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए । उनले समाज राजनीतिक, साम्प्रदायिक, भौगोलिक हिसावले द्वन्द्वमा फस्दा समाजले सकारात्मक पक्षहरु गुमाउँदै गएको भन्दै हरेक जातजाति, धर्म, सम्प्रदाय र आस्थाका बीचमा सामान्जस्यता कायम गर्दै सबैका सकारात्मक कार्यमा साथ दिने बताए ।
उनले समाजमा रहेका विकृति, विसंगति हटाउँदै सभ्य र समुन्नत समाज निर्माणका अतिरिक्त मानवीय सहयोगमा समेत अभियानले कार्य गर्ने बताए ।
पीडित सापकोटालाई रोजगारीका शिलशिलामा अेरिका रहँदै आएका नेपालीहरुले सहयोग गरेका थिए । अभियानका अमेरिका संयोजक इन्दुराज रेग्मी र महेश गौतको पहलमा रकम संकलन भएको थियो । कार्यक्रम अभियानकर्मी विशन क्षेत्रीले संचालन गरेका थिए ।




