Print

मेरुदण्ड भाचिएका गिरीलाई प्रवासीको १ लाख ५ हजार सहयोग

९ वैशाख, पर्वत । कुश्मा नगरपालिका २ खुर्काट का मेरुदण्ड पिडित माधब गिरीलाई सहयोग हस्तान्त्रण गरिएको छ ।

शनिबार एक कार्यक्रमको आयोजना गरि उनकै निबासमा पुगी प्रतिनिधी सभा सदस्य पदम गिरीद्धारा रु १ लाख ५ हजार नगद सहयोग गरिएको हो ।

सकरात्मक परिर्बतनको लागि हातेमालो अभियान अन्र्तगत हाल रोजगारीको शिलशिलामा अमेरीका रहेका पर्बतेली तथा छिमेकी जिल्लाका नेपालि मनहरुले उनलाई सहयोग गरेका हुन ।

हाल अमेरीका बस्दै आएका कुश्मा नगरपालिका २ खुर्काट निबासी ईन्दुराज रेग्मीको बिषेस पहलमा आफ्नो गास कटाएर पिडित गिरीलाई सहयोग गरिएको हो ।

अमेरीका बस्दै आएका नेपालि मनहरुले संकलन गरेर पठाएको रकमको स्थानिय संयोजन पत्रकार राजु पौडेलले गर्नूभएको थियो ।

२०७२ चैतमा घरनजिकैको बारीमा मकै लगाउन खेत जोत्न लाग्दा गोरुले हानेर लडेका ३२ वर्षिय माधव गिरीको परिवार अहिले सहाराबिहिनि छ ।

ज्यालामजदुरी गरेर ५ जनाको परिवार पाल्दैआएका गिरीको त्यो दुर्घटनाबाट मेरुदण्ड भांचिएको हो । दुर्घटनापछि कास्कीको हरियोखर्कमा ३ र मणिपाल अस्पतालमा ३ महिना उपचार पश्चात उनि घर फकिएका थिए ।

झण्डै ४ लाख भन्दा बढी पैसा खर्च गरेर बाच्न सफल उनलाई अहिले आफ्नो भन्दा परिबारको पिडाले छटपटि भएको छ र उनि भन्छन् यस्तो पिडा उरु कसैलाई नपरोस । उनले सहयोग गर्ने सबै नेपालि मनहरुलाई धन्यवाद समेत दिएका थिए ।

उपचार पश्चात ज्यान बचेपनि उनको छातीदेखि शरीरका तलाको भाग चल्दैन । दिसापिसाब पनि उनको ओछ्यानमै हुन्छ । चौबिसै घण्टा ओछ्यानमा थलिएका गिरीको एक श्रीमति, दुई छोरी र छोरा छन् ।

दुर्घटनापछि श्रीमती पार्वती चौबिसै घण्टा श्रीमानको स्याहारमा जुट्नुपर्छ । मेरुदण्डमा रड राखिएको छ । उनलाई सुताएरै भित्रबाहिर गराउनुपर्छ । खाना खुवाउनेदेखि शौच गराउने, नुहाउने, सबै काम गर्दा पार्वतीलाई फुर्सद हु“दैन ।

पार्वतीलाई अब छोराछोरीको पढाई, उपचारमा लागेको ऋण तिर्ने र बिहान–बेलुकाको छाक जुटाउने चिन्ता छ । श्रीमान थाला परेपनि छोरोछोरीलाई राम्रो संग पढाउन पाए केहि वर्षपछि अलि राहत हुनेमा उनि आशावादी छिन् ।

करिव ४ वर्ष बिदेशमा बिताएका गिरी ०७२ माघमा घर फर्किएका थिए ।

कतार, साउदी र ओमन लगायत थुप्रै देशमा गए पनि अपेक्षित पारिश्रमिक नपाएपछि परिवारसंगै बसेर गाउ“मै उद्यम गर्न घर फर्किएको थिए । घर फर्किएको दुई महिनामानै उनि दुर्घटनामा परेका थिए ।