१९ माघ, पर्वत । जिल्लाको कुश्मा स्थित शिवालय माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीहरुले विद्यालयका विपन्न विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेका छन ।
विद्यालयमा अध्ययन गरेका २०५८ सालको एसएलसी समूहका विद्यार्थीहरुले विद्यालयका १५ जना विपन्न विद्यार्थीहरुका लागि न्यानो लुगा वितरण गरेका हुन ।
लायन्स क्लब अफ कुश्मा सिटिको संयोजनमा भएको एक कार्यक्रका वीच भूतपूर्व विद्यार्थीहरुले विद्यार्थीका लागि सुइटर वितरण गरेका हुन ।
विद्यालयमा आयोजीत कार्यक्रमका वीच लुगा वितरण गर्दै पूर्व विद्यार्थी तथा कुश्मा सिटिकी अध्यक्ष रिता केसी भण्डारीले आफूले अध्ययन गरेको विद्यालय प्रतिको माया र विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने चाहनाका कारण आफूले उक्त सामाग्री वितरण गरेको बताईन ।
एसएलसी समूह २०५८ का विद्यार्थी साथीहरुको समन्वयमा विद्यालयमा विपन्न विद्यार्थी सहयोग स्वरुप अक्षय कोष स्थापनाका तयारीमा आफूहरु रहेको भन्दै भण्डारीले विद्यार्थी कालमा पढेको विद्यालय आफूहरुको सम्झनामा सधै रहेन वताईन ।
कार्यक्रममा विद्यालयका प्रअ भुपेन्द्र चापागाईले भूतपूर्व भएपछि पनि विद्यालयका गतिविधिहरुमा सहभागीता जनाएका विद्यार्थीहरु प्रति धन्यवाद दिदै निरन्तर सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा विद्यालयका शिक्षक लेखनाथ उपाध्याय, भुपू विद्यार्थी शंकर गिरी लगाएतले भूतपूर्व विद्यार्थीहरुको विद्यालय प्रतिको भूमिकाका विषयमा बोलेका थिए ।
कार्यक्रममा भुपू विद्यार्थीहरु गणेश गिरी, देवेन्द्र पौडेल, गणेश पौडेल, सुधिर प्रधान लगाएतले सुइटर वितरण गरेका थिए ।





