३ माघ, पर्वत । प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरीले अव निर्माण गर्ने सवै संरचना भुकम्प प्रतिरोधी बनाउनुपर्ने बताएका छन । सोमबार भुकम्प सुरक्षा दिवसको अवसरमा आयोजीत कार्यक्रममा बोल्दै गिरीले कमजोर संरचना हुँदा नै भुकम्पबाट बढि क्षति हुने भएकाले बलियो संरचना निर्माण नै भूकम्पबाट जोगिने पहिलो उपाए रहेको बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि गिरीले भूकम्प आउने निश्चित भएपनि त्यो कहिले आउँछ भन्ने थाहा नहुने भएका कारण भुकम्पको प्रतिरक्षा गर्न सधै सवै तयार रहनुपर्ने धारणा ब्यक्त गरेका हुन ।
कार्यक्रममा प्रदेश सभाका सांसद नेत्रनाथ अधिकारीले २०७२ सालमा गएको भूकम्पवाट प्रभावितहरुले अहिले समम राहात र पूननिर्माणको सूविधा नपाएकोले सवैले समयमा नै राहात र क्षतिपर्ति पाउनु पर्नमा जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेले समेत आपनो धारणा राखेका थिए । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीको सभा अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका सूचना अधिकृत तुलसीराम शर्माले गरेका थिए ।
सुरक्षा दिवसका दिन सरोकारवालहरुको ¥यालीले बजार परिक्रममा गरी शिवालय माविमा पुगेर भुकम्प पछिको उद्धार कसरी गर्ने भन्ने विषयमा प्रदर्शनी गरिएको थियो ।




