Print

पर्वतका दुई खोजमूलक कृति सार्वजनिक

१८ पुस, पर्वत । जिल्लाको ऐतिहासिक तथा पौराणिक महत्वका विषयमा दुई वटा पुस्तक प्रकाशन भएका छन । जिल्ला समन्वय समिति पर्वतले खोज र अनुसन्धानमूलक कृति प्रकाशन गरेको हो । अर्थशास्त्र विषयका उप प्राध्यापक हिरालालल रेग्मी र सरोजगराज पन्तद्धारा लिखित पौराणिक कालञ्जर हम्पाल पर्वत र पर्वत जिल्लाका ऐतिहासिक कोटाहरुको अनुसन्धानमूलक कृति प्रकाशनमा आएका छन । दुवै पुस्तकहरुको जिल्ला समन्वय समितिका प्रमुख मनोहर विश्वकर्मा पौडेलले विमोचन गरे । विमोचन गर्दै पौडेलले खोजमूलक कृतिहरु जिल्लाकै सम्पत्ति भएकाले त्यसले जिल्लाको एतिहासिक पृष्टभूमि अध्ययनका लागि भावी पिढिलाई सहज हुने बताए ।

जिल्लाको ऐतिहासिक विषयलाई कालान्तरसम्म स्मरणयोग्य बनाउनका लागि उक्त कृतिहरुको संकलन गरिएको लेखक रेग्मीले बताए । पुस्तकहरुमा कालाञ्जर पर्वतका विषयमा लामो अनुसन्धान र खोजका सामाग्री राखिएको छ । यसैगरी जिल्लाका विभिन्न स्थानमा रहेका कोटहरुको धार्मिक, पर्यटकीय र एतिहासिक महत्वका विषयहरुलाई स्थान दिइएको छ ।