१२ मंसीर, पर्वत । दिउँसै देखि शुरु भएको चुनावी कोण सभाको कार्यक्रम पार्टी प्रवेशको लहरका कारण रातीसम्म भयो । प्रतिनिधि सभाका उमेदवार बागठबन्धनका नेता पदम गिरी गाउँ आउने खबर पाएपछि कोणसभामा जम्मा भएका सर्वसाधारणहरु गिरीको भाषण सकिएसंगै एकाएक पार्टी प्रवेश गर्ने भन्दै टिका लगाउन लाइनमा बसे । सोमबार फलेवास नगरपालिकाको भगरामा आयोजीत चुनावी कोण सभामा देखिएको दृश्य हो यो ।
सोमबार गिरीसंगै प्रदेश सभाका उमेदवार विकास लम्साल पनि उक्त कार्यक्रममा सहभागी थिए । नेकपा एमालेका केन्द्रिय सदस्य तथा समानुपातिक उमेदवार विजय गुरुङ सहितको टोली कोणसभा स्थल पुग्दा कोणसभामा नेताहरुको सम्बोधन सुन्नगएकाहरु एकाएक बामशक्ति नै देश परिर्वतनको शक्ति भएको भन्दै उमेदवार गिरीको रातबाट टिका र माला लगाउन लाइनबद्ध भएका हुन ।
पार्टी प्रवेश पछि नेपाल विद्यार्थी संघका सक्रिय धुव्रबहादुर रिजालले राष्ट्रमा विकासको मुल फुटाउन सक्ने शक्ति अव बामशक्ति भएको भन्दै आफू एमालेमा प्रवेश गरेको बताए ।
बाम नेताहरुको हातबाट टिका लगाएपछि कर्णबहादुर जैसीले आफूहरुले गाउँमा विकास चाहेको र त्यो चाहना बामशक्तिले पुरा गर्ने विश्वासका साथ आफू पार्टी प्रवेश गरेको बताए ।





