Print

नयाँ शक्ति पर्वतका नेता लामिछाने मोटरसाइकल दुर्घटनामा घाइते

८ कार्तिक, पर्वत । नयाँ शक्ति नेपाल पर्वतका नेता महेन्द्रजंग लामिछाने मोटरसाइकल दुर्घटनामा घाइते भएका छन ।

मोदीगाउँपालिकाको पातिचौर भन्ने ठाउँमा ग १ ज ५१३३ नम्बरको मोटसाइकललाई जीपले ठक्कर दिँदा लामिछाने सहित स्थानीय रामचन्द्र पौडेल पनि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइने लामिछाने र पौडेललाई उपचारका लागि मणिपाल हस्पिटलमा लगिएको छ । घाइते पौडेल स्थानीय डिमुवा प्राविका प्रअ हुन ।