२१ असोज, पर्वत । तीन महिनादेखि सँगै बसेकी प्रेमिकाले गहनाका लागि बिहेको नाटक गर्लिन् भनेर कसले अनुमान गर्न सक्ला र रु स्याङ्जा घर भई गैँडाकाट बस्ने ३५ वर्षीय जयदेव पौडेल त्यस्तै एक ठग प्रेमिकाको फन्दामा परे । बिहेको दिन मेकअप गर्न भनेर हिँडेकी प्रेमिका पाँच तोला गहना लिएर फरार भइदिइन् ।
गत शनिबार पौडेल बिहेका लागि स्याङ्जाबाट जन्ती लिएर चितवन आएका थिए । प्रेमिकासँगै उनी नारायणघाट पुल्चोकको फिसटेल होटेलमा बसे । बिहेको दिन बिहान होटेलमा उनी दाह्री काटेर कपडा लगाउन थाले । प्रेमिका पनि नयाँ सारी र गहना लगाएर सजिन थालिन् । एकैछिन ब्युटिपार्लरबाट मेकअप गरेर फर्कने भन्दै होटेलबाट निस्किएकी प्रेमिका अहिलेसम्म बेपत्ता छिन् ।
मोबाइल अफ गरेर उनी फरार भइन् । गहनाकै लागि उनले त्यसरी प्रेमको नाटक गरेकी थिइन् । गोरखा घर बताउने २२ वर्षीया सुषमा लामिछानेसँग उनको गँैडाकोटमा रहेको आफ्नै पौडेल खाजा घरमा भेटेका थिए । त्यही खाजाघरमा सुषमासँग उनको करिब तीन महिनाअघि चिनजान भएको हो ।
चिनजान पछि प्रेम सम्बन्धमा बदलियो र दुबैले विहे गर्ने निर्णय गरे । पौडेलले पहिली श्रीमतीसँग डिभोर्स भएकाले दोस्रो बिहे गर्न खोजेका थिए । हेर्नुहोस बेहुलीलिन पुगेका जन्ती यसरी भोज खाएर फर्कियो ।




