Print

कागबेनीमा बस पल्टियो, चालक सहित तीनको घटनास्थलमै मृत्य

१७ आश्विन, मुस्ताङ । जोमसोम देखि मुक्तिनाथ रुटमा चल्ने मुस्ताङ जीप तथा बस व्यवसाय समितिको उक्त बसले मुक्तिनाथ दर्शनगरी फर्किएका ३८ यात्रु लिएर जोमसोम तर्फ आउदै गरेको अवस्थामा अपराह्न ४ बजे ओरालोमा पल्टिएको हो 

घाईते भएका यात्रुलाई सदरमुकाम जोमसोम अस्पतालमा ल्याईदै गरिएको जिल्ला प्रहरी नायब उपरिक्षक रामहरि शर्माले बताए । थप बिबरण आउन बाँकी रहेको शर्माल् बताए ।

कागबेनी मुक्तिनाथ सडक कालोपत्रे भएपछि यो पहिलो बस दुर्घटना हो । यसअघि पनि सोहि स्थानमा दुर्घटना हुँदा ४ तीर्थ यात्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

मुक्तिनाथ रानीपौवाबाट जोमसोमतर्फ आउँदै गरेको ग १ ख ५५२९ नम्बरको बस मंगलवार दिउसो करिव २ बजे बाह्गाउँ मुक्तिक्षेत्र कागबेनीको घुम्तीमा दर्घटना हुँदा बस चालक सहित ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । १७ यात्रु घाइते भएका छन् । १० जनाको अवस्था गम्भिर छ ।- सुन्दर कुमार थकाली