१४ भदौ, पर्वत । पर्वतको फलेवास नगरपालिकाले तेईस प्रकारका कृषि जन्य बस्तुमा कर लगाउने भएको छ । नगर सभाले नगरपालिका भित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषि सम्वन्धी उत्पादन तथा सेवाहरुमा कर लगाउने निर्णय गरेको हो । नगर भित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा वा नगरपालिका भित्र आयात गर्न कर लिने व्यवस्था गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो ।
ग्रामीण क्षेत्रलाई समेटेर बनाएको नगरपालिकाको आर्थिक समृद्धिका लागि तेईस प्रकारका कृषिजन्य बस्तु तथा गैरकाष्ठ बन पैदावार, खोलानालामा माछा मार्ने, बस्तुभाऊ निकासी पैठारी गर्नेहरुबाट कर उठाउने निर्णय गरिएको हो । नगरपालिका भित्र उत्पादन हुने कृषि जन्य बस्तुहरुको परमाणलाई आँकलन गरी प्रत्येक कृषि जन्य उत्पादनको फरक फरक दररेट समेत कायम गरिएको छ । न्यूनतम एक रुपैयादेखि १ सय रुपैया सम्म कर संकलन गर्ने निर्णय गरेर ठेक्कापट्टाका लागि टेण्डर आव्हान गरिएको समेत शर्माले जानकारी दिनुभयो ।
नगरपालिकाको कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीहरुको तबल भत्ता तथा नगर भित्रकै वडाहरुमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपले संचालन गर्ने उद्धेश्यले पहिलोपटक मितव्ययि रुपमा कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माको भनाई रहेको छ ।
सुन्तला तथा अमिलो जातका बस्त, तरकारी बिऊ तथा ताजा तरकारी, कफि, लप्सी, आलु, अलैची, अदुवा वेसार, मह तथा माहुरीका गोला, दुध निकासी वापत कर लगाईने भएको हो । त्यसैगरी खसरी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैसी, राँगा, बंगुर, माको कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीहरुको तबल भत्ता तथा नगर भित्रकै वडाहरुमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपले संचालन गर्ने उद्धेश्यले पहिलोपटक मितव्ययि रुपमा कर संकलन गर्न लागिएको नगर प्रमुख शर्माको भनाई रहेको छ ।
सुन्तला तथा अमिलो जातका बस्त, तरकारी बिऊ तथा ताजा तरकारी, कफि, लप्सी, आलु, अलैची, अदुवा वेसार, मह तथा माहुरीका गोला, दुध निकासी वापत कर लगाईने भएको हो । त्यसैगरी खसरी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैसी, राँगा, बंगुर, माछा, केरा तथा अन्य फलफुलहरुमा नगर पालिका भन्दा बाहिर निकासी गरेवापत कर लिने तयारी भएको फलेवास नगरपालिकाका कार्यकारी अधिकृत मोती सापकोटाले जानकारी दिनुभएको छ ।
नगर भित्र उत्पादित बस्तु निकासीका लागि मुख्य तीनवटा नाकाबाट कर संकलन गर्नका लागि टेण्डर समेत आव्हान गरिएको छ । सदरमुकाम कुश्माबसँग जोडिने फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवामा रहेको अग्लो झोलुङ्गे पुल, दोविल्ला फलेवास सडक अन्तर्गत मल्याङ्गदी खोला पुल र स्याङ्जा र कुश्मा नगरपालिकासँग जोडिने अर्को नाका फलेवास नगरपालिका १ स्थित कार्किनेटालाई नाका तोकेर कर उठाउने तयारी भएको सापकोटाको भनाई रहेको छ ।
नयाँ नगरपालिकाको रुपमा रहेको उक्त नगरले पहिलोपटक जिल्लामै नमुनाको रुपमा कृषिजन्य बस्तुमा कर लगाएको हो । यस अघिनै रहेको कुश्मा नगरपालिकाले भने कृषिजन्य बस्तुमा कर लगाएको छैन भने अन्य पाँच वटा गाउँपालिकाले पनि कृषि जन्य बस्तुहरुमा कर लगाउने कार्यविधि बनाएपनि कार्यान्वयन भने गर्न सकेका छैनन् ।




