१५ चैत, पर्वत । जलजला गाउँपालिकाले जनगुनासो सुन्नका लागि वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाका सवै वडाहरुमा पुगेर जनताको गुनासो सुन्ने गरी वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको हो ।
जनताका गुनासो सुन्ने, निर्माणधिन आयोजनाहरुको अवस्थाको बारेमा जानकारी लिने र चालु आर्थिक बर्षमा भएका प्रगतिहरुको बारेमा समेत स्थानीयलाई जानकारी गराउने उद्देश्यका साथ वडा स्तरमा गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्न लागेको हो ।
कार्यालयले चालु आर्थिकमा सम्पन्न भएका वडागत योजनाहरु सम्बन्धित वडाका जनसमुदायसंग नै बसेर प्रगति समिक्षा समेत गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताए । पौडेलका अनुसार चैत १७ गतेबाट सार्वजनिक सुनुवाईको सेडुएल तयार भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण लालटिन मिडिया प्रालिले गर्नेछ ।
