Print

सय दिने अभियान लिएर गाउँ वस्तीमा पुगे पर्वतमा काँग्रेसका नेताहरू

 ७ पुस, पर्वत । नेपाली काँग्रेसको १०० दिने विशेष अभियान अन्तर्गत यतिखेर विभिन्न वडाहरूमा संगठन सुदृढीकरणका लागि विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । अभियानको प्रभावकारिता र कार्यकर्ताहरूको अभिमत बुझ्न पार्टी सचिव गुप्तनिधि शर्मा लगायतको टोलीले दक्षिणी पर्वतका विभिन्न वडामा पुगेर कार्यकर्ताको प्रतिक्रिया बुझेर कुश्मा फर्किएको छ । पार्टी सचिव गुप्तनिधि शर्माको नेतृत्वमा पार्टी सहसचिव तिलकप्रसाद भुसाल, जिल्ला कार्य समिति सदस्य ओमप्रसाद शर्मा घायल र लोकतान्त्रिक उद्योग वाणिज्य संघका अध्यक्ष शिव शर्मा पौडेल सहभागी टोलीले महाशीला, पैयुँ, विहादी र फलेवासका विभिन्न वडाहरूमा पुगेर १०० दिने अभियानको प्रारम्भिक गतिविधिको विषयमा स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा स्थानीय कार्यकर्ताहरूले पार्टीको आन्तरिक एकता बलियो हुनुपर्ने, कुनैपनि दलसँग चुनावी गठबन्धन गर्न नहुने, नेतृत्वले पद र अवसर प्रदान गर्दा सबैलाई समान दृष्टिकोणले प्रदान गर्नुपर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूले कार्यकर्ताको संरक्षण गर्नुपर्ने, आफूले गर्न नसक्ने आश्वासन जनतालाई दिन नहुने र नेताहरूले आफ्नो गुट र झगडाको गन्ध वडातहमा पुर्याउन नहुने लगायतका सुझावहरू राखेका थिए ।

भेटघाटका क्रममा पार्टी सचिव गुप्तनिधि शर्माले १०० दिने विशेष अभियानको मार्गचित्र र उद्देश्यको वारेमा वडा सभापतिहरूलाई जानकारी गराउनुभएको थियो । सचिव शर्माले पार्टी नेतृत्वको रूपान्तरण र संगठनको क्रियाशीलताको लागि केन्द्रदेखि जिल्ला र वडादेखि टोलसम्म सबै काँग्रेस कार्यकर्ता जिम्मेवार भएर संगठनको काम गर्नुपर्ने आवश्यकता रहेको वताउनु भएको थियो । यो अभियानले काँग्रेस भित्रको आन्तरिक एकतालाई मजवुत बनाउने, पार्टी नेतृत्व र जनप्रतिनिधि बीचको सम्बन्धलाई सुदृढ गर्ने, भातृ तथा शुभेच्छुक संघ संगठनहरुको गठन र कार्य सञ्चालनको अवस्थालाई प्रभावकारी बनाउने र संगठन निर्माणमा सबै नेता कार्यकर्ताको स्वामित्व र सहभागिताको अभिवृद्धि गर्ने अपेक्षा गरिएको सचिव शर्माको दावी छ ।

अभियानको लागि ६१ वटै वडामा जिल्ला प्रतिनिधिहरू परिचालन गरिएको छभने ती प्रतिनिधिहरूले पुष मशान्तभित्र वडातहको सांगठनिक अवस्थाको यथार्थ प्रतिवेदन तयार गरि जिल्ला कार्य समितिलाई अनिवार्य रुपमा बुझाउनुपर्ने पार्टी सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो । सोही क्रममा पार्टी सहसचिव एवं नेपाली काँग्रेसका संगठन विभाग संयोजक तिलकप्रसाद भुसालले विभागको टोली समेत सबै पालिका र वडामा पुगेर काँग्रेसका सबै भातृ तथा शुभेच्छुक संघ संगठनहरुलाई गतिशील बनाउने प्रतिबद्धता जनाउनुभएको छ । अनुगमनका क्रममा विभिन्न वडाहरूमा क्रियाशील सदस्यताको नविकरण कार्ड समेत वितरण गरिएको थियो ।

यसै वीच, नेपाली काँग्रेसले सय दिने विशेष अभियानका क्रममा पार्टीमा योगदान पु¥याएका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । काँग्रेसले ७० बर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान गर्न थालेको हो । प्रजातन्त्र पुनःस्थापनाको आन्दोलन र पार्टी जीवनको कठिन अवस्थामा पनि जेलनेल र अनेकौं दुखकष्ट सहेर पार्टी र प्रजातन्त्रको लागि दिएको योगदानको सम्मान गदै उनीहरुलाई सम्मान गर्न थालेको नेपाली काँग्रेस पर्वतले जनाएको छ ।

नेपाली काँग्रेस प्रदेश सभा ९क० क्षेत्रीय कार्य समितिले प्रदेशका ४ वटा वडामा उक्त कार्यक्रम सम्पन्न गरिसकेको छ । क्षेत्रीय कार्यसमितिले प्रदेशका ३१ वटै वडामा पुगेर ७० बर्ष पार गरेका जेष्ठ नागरिकलाई सम्मान गर्ने निर्णय गरेको छ । प्रदेशले सय दिने अभियान शुरु हुनु भन्दा अगाडि नै शुरु गरेको जेष्ठ नागरिक सम्मान कार्यक्रम प्रभावकारी भएपछि पर्वत काँग्रेसले उक्त अभियानलाई जिल्लाका ६१ वटै वडामा संचालन गर्ने आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रदेश सभा ९ख० मा भने सय दिने अभियानमा खटिएका प्रतिनिधिले व्यक्तिगत रुपमा खर्च लगेर जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम शुरु गरेका छन् । प्रदेश सभा ९ख० अन्र्तगत फलेवास नगरपालिकाको दुई वटा वडा ९भँगरा र कुर्घा० मा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी र नेपाली काँग्रेस पर्वत काठमाडौँ सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चापागाईले व्यक्तिगत रुपमा खर्च उठाएर कार्यक्रम आयोजना गरेको बताए । उपभासपति सुवेदीका अनुसार भँगराका ३० जना र कुर्घाका ३५ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर कदरपत्र सहित सम्मान गरिएको छ । अशक्त र विरामी भई कार्यक्रम स्थालमा आउन नसक्ने नागरिकको घरमा पुगेर सम्मान गरिएको सुवेदीले बताए ।

नेपाली काँग्रेस प्रदेश ९क० का सभापति राजकुमार क्षेत्रीले अग्रजको सम्मान एवम् आदरको वातावरण निर्माण गर्नु काँग्रेसको प्रमुख दायित्व भएको बताउँछन् । त्यसैले पार्टीमा लगानी, लगाव, संघर्ष, त्याग र योगदान पु¥याएका जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान संचालनमा ल्याएको उनको भनाई छ । उनले एउटा वडामा कार्यक्रम गर्दा ५० हजारदेखि १ लाखसम्म खर्च हुने बताए । ‘काँग्रेस पार्टीका जेष्ठ नागरिक ९अग्रज०हरु भनेका हाम्रा मार्गदर्शक हुन् । उनीहरुकै कारण हामी यो स्थानमा छौँ । काँग्रेसमा अग्रहरुलाई सम्मान र नयाँ पुस्तालाई माया गरेकै कारण हाम्रो पाटी आज मुलुकै ठुलो पार्टी बन्न सफल भएका छौँ, सभापति क्षेत्रीले भने,‘काँग्रेसलाई जीवन्त राख्न र पार्टीलाई सकारात्मक रुपमा अघि बढाउन पु¥याएको योगदानको कदर गदै हामीले यो कार्यक्रम सूरु गरेका हौँ ।’,