Print

पर्यटन तथा उद्योग कार्यालय पर्वतको भौतिक प्रगति झण्डै ९८ प्रतिशत

३० साउन, पर्वत । पर्यटन तथा उद्योग कार्यालय पर्वतको आ व २०८०।२०८१ को समग्र प्रगती सार्वजनिक भएको छ । कार्यालयको गत आवको भौतिक प्रगती ९७.७७ प्रतिशत र वित्तिय प्रगती ८७ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

गत आवमा कार्यालयको कुल वजेट ५करोड २२ लाख ९४हजार रहेकोमा ४ करोड ४५ लाख २१ हजार ८४५ खर्च भएको हो ।

यस वर्ष मुख्य सम्पादन भएका कार्याक्रमहरुमा पर्यटन पुर्वधार तर्फ ५६ वटा योजना रहेकोमा ५५ वटा योजना सम्पन्न भएका छन् । जस अन्तर्गत ३१ वटा पदमार्ग , १९ वटा धार्मिक पर्यटकिय स्थलमा पुर्वधार विकास र ३ वटा पार्क निर्माण भएका छन् ।

उद्योग तथा वाणिज्य तर्फ ९४ वटा उद्योग र १०२ वटा वाणिज्य फर्म दर्ता भएका छन् भने गत आव सम्म ७१९ वटा उद्योग र ७११ वटा वाणिज्य फर्म खारेज भएका छन् । पर्वतमा यस वर्ष उद्योग बन्द गर्नेको सख्या वढ्दै गएको छ ।

गत आवको असार मसान्त सम्म ३३३१ उद्योग र ३१६५ वाणिज्य फर्म संचालमा रहेका छन् । त्यसै पर्यटन तर्फ ६२ वटा होमष्टे संचालनमा रहेकामा ६० वटा सामुदायिक होमष्टे र २ वटा निजी होमष्टे रहेको पनि कार्यालयले जनाएको छ ।

कार्यालयले यस आवको कार्यक्रम अन्तर्गत उद्योगहरुको दिगोपना तथा उद्यगीहरुको प्रोत्साहनका लागि २२ उद्योगीहरुलाई प्रविधि र उपकरण सहयोग गरेको छ ।
उद्यमीहरुले उत्पादन गरेको सामाग्रीहरुको वजारिकरणका लागि पर्वत उद्योग वाणिज्य संघको कार्यालयमा कोशेली घर व्यवस्थापनका लागिरु ५ लाख सहयोग गरेको छ ।

त्यसै गरी यस वर्ष माध्यमिक विद्यालयमा उपभोक्ता सचेतना कार्याक्रम संचालन गरिएको र उद्यम विकासका लागि सिप विकास तालिम समेत संचालन गरेको कार्यालय प्रमुख असोक कुमार नेपालीले वताए ।