३ असार, पर्वत । जिल्लाको फलेवास नगरपालिकाले १४ औ अधिवेशन सम्पन्न गरेको छ । विहिबार नगरपालिकाको सभाहलमा आयोजीत १४ औं अधिवेशनले संसोधित आय ब्ययलाई नगर सभाले पारित गरेको हो ।
हिउँदे अधिवेशन मार्फत संसोधित आय ब्ययलाई पारित गर्नुपर्नेमा जनप्रतिनिधिहरु वीच विवाद हँुदा नगरपालिकाले अधिवेशन गर्न सकेको थिएन् । नगरपालिकाले बर्खे अधिवेशन मार्फत चालु आर्थिक बर्षको संसोधित आयब्ययलाई पारित गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ को संसोधित आय ब्यय बजेट तथा कार्यक्रम सम्बन्धि प्रस्ताव पारित गरेको हो । नगरप्रमुख गंगाधर तिवारलीले चालु बर्षको संसोधित बजेट पारित भएको जानकारी दिए । कतिपय आयोजनाहरुमा बजेट अपुग भएको र योजनाको भुक्तानी समेत अधिवेशन नहुँदा रोकिएको थियो ।
अनुमानित बजेट उपर माघ महिना भित्र स्थानीय तहले संसोधनको प्रस्ताव पारित गर्नुपर्ने प्रावधान छ ।




