Print

बरौचौरमा बिहादी गाउँपालिकाको सार्वजनिक सुनुवाई


१७ जेठ, पर्वत । जिल्लाको विहादी गाउँपालिका वडा न २ बर्राचौरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयद्धारा चालु आर्थिक बर्षमा सम्पादीत कार्यक्रम तथा सेवाप्रवाहको सम्बन्धमा विहादी गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आगामी आर्थिक बर्षका लागि गाउँपालिकाले तय गर्ने नीति, कार्यक्रम तथा बजेटको बिषयमा सुझाब संकलन गरिएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले वडाबासीहरुका गुनासासंगै सुझाब र प्रश्नहरु समेत राखेका थिए ।

स्थानीय तिलकप्रसाद पराजुली, सुर्य पुरी, गोविन्द पौडेल, गोविन्दप्रसाद पाध्या, यादम गिरी, रामप्रसाद पराजुली, सुसन गिरी, धनबहादुर क्षेत्री, दिवाकर पराजुली, मनबहादुर क्षेत्री, टिकादेवी पराजुली, कुलप्रसाद घिताङ, विकास क्षेत्री, कमला पौडेल न्यौपाने, विष्णुप्रसाद पराजुली, चेतकुमारी गिरी, सितादेवी पराजुृली र हरी पराजुलीले सुझाब र प्रश्न राखेका थिए ।

अन्य सहभागीहरुले भने लिखित सुझाब दिएका थिए ।

वडा अध्यक्ष गणेश शर्मा पौडेलले सहभागीहरुबाट आएका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रममा वडा सचिव लिलाधर पराजुलीले चालु आर्थिक बर्षको वडा कार्यालयका प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जि एण्ड जि मिडिया प्रा.लि.को तर्फबाट पत्रकारद्धय गणेश गिरी र छविलाल तिवारीले कार्यक्रमको सहजीकरण गरेका थिए ।