१७ जेठ, पर्वत । एक युवतीलाई सामुहिक रुपमा बलत्कार गरेको आरोपमा चार युवा पक्राउ परेका छन् । घरमा एक्लै बसीरहेकी एक युवतीलाई ४ जनाले सामूहिक बलात्कार गरेका हुन् । राती १ बजेको समयमा घर भित्र पसेका युवाहरुले ति युवतीलाई पालो गरी–गरी सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

गत आइतवार राती एक बजेको समयमा घरमा श्रीमान नभएको मौका छोपी पालैपालो बलात्कार गरेका ति युवाहरुलाई प्रहरीले भने नियन्त्रणमा लिएको छ । मध्यपान गरेर बसीरहेका युवाहरुले रातको समयमा ति युवतीको घरमा नै गएर पालैपालो बलात्कार गरेका थिए । बलात्कृत युवतीले प्रतिकार गर्दा गर्दै पनि उनीहरुले करणी गरेको प्रहरीको भनाई छ । बलात्कृत युवतीले बलात्कार भएको भोलिपल्ट नै जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दर्ता गरेकी थिइन् ।

कालीगण्डकी ७८ (प्रहरीले अनुसन्धानमा प्रयोग गरेको नाम) को उजुरीका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गर्दा युवती बलात्कृत भएको देखिएपछि प्रहरीले ४ युवालाई नियन्त्रणमा लिएको छ । जलजला गाउँपालिका वडा नं ४ मोहनचोक बस्ने ३२ वर्षिया सागरबहादुर मल्ल, सोहि ठाउँका २१ वर्षिय आकाश केसी, २२ वर्षिय सन्देश क्षेत्री र म्याग्दीको बेनी नगरपालिका वडा नं ४ घर भई जलजला गाउँपालिका वडा नं ४ मोहनचोकनै बस्ने ३६ वर्षिय कुशल मल्ललाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरु बिरुद्ध जवरजस्ती करणी उद्योगमा पर्वत जिल्ला अदालतमा मुद्धा दर्ता गरी पहिलोपटक सात दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक भुवन बरामले जानकारी दिए ।




