२२ वैशाख, पर्वत । जिल्लाको जलजला २ बाट लुटिएको सुन खरिद गरेको आरोपमा बागलुङका एक ब्यापारी सहित २ जनालाई प्रहरील नियन्त्रणमा लिएको छ । गत चैत १९ गते रातीको समयमा घरमा बसीरहेका ६९ बर्षका सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ बर्षिया गमला जिसीको हत्या गरी उनीहरुले लगाएको सुन लुटपाट भएको थियो ।

लुटिएको सुनलाई खरिद गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका वडा न ७ घर भइ वागलुङकै वडा न २ लोकतान्त्रिक चोकमा रहेको पूर्णिमा सुनचाँदी पसलका सञ्चालक परशुराम विकलाई सुन खरिद गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।
विकले लुटिएको सुन खरिद गरेका थिए । सुन खरिद गर्दा खरिदकर्ताले खरिद बिल अनिवार्य माग्नुपर्छ, तर विकले भने खरिद विल बिना नै लुटिएको सुन किनेका थिए । प्रहरीले विकसंगै सुन गाल्नलाई सहयोग गर्ने पोखराका अर्का ब्यापारीलाई पनि नियन्त्रणमा लिएको छ ।
कास्की जिल्ला पोखरा महानगरपालिका वडा न २५ हेम्जामा डेरा गरेर बस्ने बर्ष ६० का कर्णबहादुर विक लुटपाट भएको सुन गालेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जलजलाबाट दम्पत्तिको हत्या गरी लुटिएको सुन गाल्न र खरिद गर्न मतियारको रुपमा उनीहरुलाई अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
हत्या पछि सुन लुटपाट गर्ने पर्वत जिल्ला जलजला गाउँपालिका वडा न २ नेपाने वस्ने ३२ बर्षका कृष्णबहादुर विश्वकर्मा र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा न २ खुर्कोट घर भई जलजला गाउँपालिा वडा न २ बौरमा बस्ने दिपक दर्जीलाई प्रहरीले नियन्त्रण्मा लिएर थप अनुसन्धान गरीरहेको छ ।




