६ मंसिर, पर्वत । हिन्दु धर्म शास्त्रमा कृष्णगण्डकीको नामले परिचित नदी हो, कालीगण्डकी । उत्तरमा चिनको तिब्बतबाट शुरु हुने कालीगण्डकी चितवनको देवघाटमा गए पछि नारायणी नदीमा परिणत हुन्छ । शान्त र सालिन कालीगण्डकीले देशकै ठूलो जलविद्युत उत्पादनमा समेत टेवा पुराएको छ । १४४ मेघावाट विद्युत उत्पादन क्षमताको कालीगण्डकी ए जलविद्युत आयोजना नदीको पानीले सम्भव भएको छ ।
कालीगण्डकी संसारमै ठूलो गल्छी बनाएर बहने नदीको रुपमा परिचित छ । नदी किनारमा भेटिने ढुंगाहरुलाई हिन्दु धर्मशास्त्रमा शालिग्राम शिलाको रुपमा बर्णन गरिएको छ । शिला खोज्न, शिला भेट्न र शिला पुज्नका लागि कयौ हिन्दुहरु नदी किनारमा भेटिन्छन । कालीगण्डकी नदीमा भेटिने शालिग्रामलाई तत्कालीन सामुद्रिक जीवावशेषका रूपमा लिइन्छ ।
हिन्दू धर्मग्रन्थहरूमा कृष्णगण्डकी नदीको व्याख्या छ । वराह पुराणअनुसार महर्षि गण्डककी सुपुत्री गण्डकीले श्रीकृष्णको तपस्या गरी आफू गण्डकी नदी र श्रीकृष्णलाई सुपुत्रका रूपमा शालिग्रामका रूपमा प्रकट गरेको उल्लेख छ ।
श्रीमद्भागवत महापुराणमा नदीहरूमा श्रेष्ठ नदी कृष्णगण्डकी रहेको व्याख्या छ । भगवान् विष्णुले यस क्षेत्रमा तपस्या गरेको र नदीको उद्भवस्थल मुक्तिनाथमा लोककल्याणका लागि विराजमान भएको सन्दर्भ पनि धार्मिक ग्रन्थमा पाइन्छ ।
कालीगण्डकी नदीको पानीलाई हिन्दु धर्ममा जल भनिन्छ । त्यो जललाई पवित्र मानिन्छ । नदीमा स्नान गर्दा पाप कटनी हुने जनविश्वास छ । नदीको धार्मिक महिमा धेरै छ ।
भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि यहि नदीको ढुंगा लगिएको छ । नेपालकै ठूलो धार्मिक चक्र निर्माण गर्न चितवनको माडी (अध्योया) मा पनि कालीगण्डकी नदी कै ढुुंगा लगिएको छ । हिन्दू धर्माबलम्बीहरुले घर घरमा शालिग्राम शिलाको प्रतिकको रुपमा यहाँका ढुंगाहरु राख्ने गरेका छन् ।
पवित्र धार्मिक जनविश्वास बोकेको कालीगण्डकी नदी पछिल्लो समय भने दोहनको चपेटामा छ । यहाँका ढुंगा र बालुवा अवैध तरिकाले उत्खनन गर्ने विक्री गर्ने गरिएको छ । मानवीय सभ्यताको प्रतिकको रुपमा कालीगण्डकीलाई संरक्षण गर्नु राज्यको दायित्व हो । दायित्व राज्यले पुरा भने गरेको छैन । अवैध उत्खनन् रोकिएको छैन ।
कुश्मा नगरपालिकासंग सहकार्य गरी माडी नगरपालिकाले लगेको शालिग्राम प्रतिक ढुंगालाई प्रयोग गरी माडीमा बृहत धार्मिक स्थलको निर्माण गरिदैछ । उता, भारतको अयोध्या म्याग्दीको वेनीबाट लगिएको शालग्राम प्रतिक ढुुंगाले त्यहाँ रामको मूर्ति निर्माण गरिनेछ । यी र यस्ता विशेषता भएको कालीगण्डकी संरक्षण, सम्बद्र्धन र यसको प्रचार प्रसार आवश्यक छ ।




