३१ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा भएको जीप दुर्घटनामा थप १ जना बालकको मृत्यु भएको छ । दुघर्टनामा परी घाइते भएका ४ बर्षका बालक प्रिन्स क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको हो ।
गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
यस अघि दुर्घटनामा परी ७ बर्षिया बालिका सितल विकको मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।




