Print

दुर्लुङ जीप दुर्घटना : ब्रेक फेल हुँदा जीप सडकबाट खस्यो (घाइतेहरुको विवरण सहित)

३१ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुघर्टनामा अन्य १२ जना घाइते भएका छन् । दुर्घटनामा परी ७ बर्षिया बालिका सितल विकको मृत्यु भएको छ ।

कुश्मा बजार देखि दुर्लुङ जाँदै गरेको जीप दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटनाग्रस्त बनेको थियो । दुर्घटनामा घाइते भएकाहरु मध्ये ७ जनालाई पोखरा उपचारका लागि पर्वत अस्पतालबाट रिफर गरिएको छ । बाँकी घाइतेको भने पर्वत अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनामा परी घाइते भएकाहरु मध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेको छ । उनीहरुको पर्वत अस्पतालमा उपचार भएको छ । घाइतेहरु मध्ये कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मिनबहादुर क्षेत्री, प्रिन्स क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्मालाई पोखरा रिफर गरिएको छ ।

यात्रुबहाक जीपको टायर फुस्केर ब्रेक हुँदा गाडी दुर्घटनामा परेको प्रहरीले प्रारम्भिक निश्कर्ष निकालेको छ । ‘जीपको टायर फुस्के पछि ब्रेक फेल भएको चालकले प्रारम्भिक बयान दिएका छन’ प्रहरी श्रोत भन्छ–‘घटनाको थप अनुसन्धान भईरहेको छ ।’