१९ असार, पर्वत । पूर्व स्वास्थ्य मन्त्री पदम गिरीले सरकारले तोकको न्यूनतम मापढण्डहरु अनिवार्य रुपमा सवै स्वास्थ्य संस्थाहरुमा लागू हुनुपर्ने बताएका छन् । मंगलबार मोदी गाउँपालिकाको तिलाहार स्वास्थ्य चौकीको स्वर्ण बर्ष कार्यक्रमको समापन गर्दै पूर्व मन्त्री गिरीले सवै स्वास्थ्य संस्थाहरुमा न्यूनतम मापढण्ड अनिवार्य रुपमा लागू गर्नुपर्ने धारणा राखेका हुन् । आफू स्वास्थ्य मन्त्री हुँदा आफ्नो पहिलो प्रयास नै न्यूनतम मापढण्ड लागू गर्नका लागि प्रयासरत रहेको स्मरण गर्दै उनले जनताले स्वास्थ्य सेवा तोकिए बमोजीम पाउन न्यूनतम मापढण्डहरु सवै स्वास्थ्य संस्थामा हुनुपर्ने धारणा राखे ।
मन्त्री गिरीले बिमाको रकमलाई बृद्धि गरी ५ लाखसम्म विमितले पाउने गरी आफूले स्वास्थ्य मन्त्री हुँदा कार्यक्रम संसोधन गर्न लागेको बताउँदै उक्त कार्य अपुरो रहेको बताए । गरिब जनताले आधारभूत स्वास्थ्य सेवा पाउन नसकेको बताउँदै बिमा मार्फत सवै नागरिकलाई निशुल्क उपचारको ब्यवस्था राज्यले मिलाउनुपर्ने धारणा राखे ।
स्वास्थ्य चौकी स्थापना भएको ५० बर्ष पुगेको अवसरमा आयोजीत कार्यक्रममा पूर्व मन्त्री गिरीले स्वास्थ्य सेवाको क्षेत्र विस्तार गर्दै जनताको घर घरमा नै सेवा पुराउने कुरामा स्थानीय तहले पनि विशेष कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा राखे ।
अझै पनि धेरै स्वास्थ्य संस्थाहरुमा गरिब जनताले सहज रुपमा उपचार गर्न पाउने वातावरणको सृजना नभएको उल्लेख गर्दै राज्यले स्वास्थ्य सेवालाई सहज प्राप्त गर्ने वातावरणको सृजना गर्नुपर्ने गिरीले धारणा राखे ।




