Print

पर्वतमा संसदीय निर्वाचनको इतिहास : ६ पटकको निर्वाचनमा १० सांसद निर्वाचित

२९ कार्तिक, पर्वत । निर्वाचनको मिति नजिकिँदैछ तर मतदाताहरुमा उत्साह देखिदैन् । प्रजातन्त्रको पुर्नस्थापना पछि ५ पटक संसदीय निर्वाचनमा पर्वतबासी सहभागी भए । २०४६ सालको जनआन्दोलन पछि ०४८/०४९ सालमा पहिलो संसदीय निर्वाचन भयो । उक्त निर्वाचनमा पर्वतमा २ वटा निर्वाचन क्षेत्र थियो ।

जनआन्दोलन पछि आएबो बहुदलीय ब्यवस्थामा प्रतिस्पर्धाको राजनीतिमा पर्वत क्षेत्र न १ एमालेबाट कृष्णप्रसाद भट्टराई निर्वाचित भए । उनीसंगै कांग्रेसका नवराज गुरुङ पराजीत भएका थिए । क्षेत्र न २ मय भने उमा अधिकारी निर्वाचित भईरहन उनीसंर्ग एमालेका तिलक पराजुली निर्वाचनमा लडेका थिए ।

०४९ सालमा सम्पन्न पहिलो निर्वाचन पछि तत्कालीन अवस्थामा गिरिजाप्रसाद कोइरालाले संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरे । ३ बर्ष मात्र आफ्नो कार्यकाल ब्यतित गरेको संसदले पुनः २०५१ सालमा आम निर्वाचन ब्यहोर्न बाध्य भयो । २०५१ सालमा भएको आम निर्वाचनमा पर्वत क्षेत्र न १ बाट कांग्रेसको तर्फबाट इन्दु शर्मा र क्षेत्र न २ बाटमा एमालेका देवबहादुर पौडेल निर्वाचित भए । शर्माले एमालेका यामबहादुर गुरुङ र पौडेलले उमा अधिकारीलाई पराजीत गरेका थिए ।

२०५२ सालबाट माओवादीको शसस्त्र युद्धको शुरुवात भयो । २०५१ सालमा बनेको संसदले आफ्नो पुरा कार्यकाल विताउन नपाउँदै २०५२ साल जेठ २ गते मनमोहन अधिकारी र २०५४ पुष २४ गते सूर्यबहादुर थापाले संसद विघटन गरे । दुवै विघटनलाई सर्वोच्च अदालतले पुनस्र्थापना गरयो ।

२०५६ सालमा तेस्रो निर्वाचन भयो । तेस्रो निर्वाचनमा पर्वत जिल्लामा क्षेत्र न १ बाट अर्जुन जोशी र क्षेत्र न २ बाट डिल्लीराज शर्मा निर्वाचन भए । जोशीले एमालेका जुद्ध गुरुङ र शर्माले एमालेका मोती पौडेललाई पराजीत गरेका थिए ।

प्रतिनिधि सभालाई पुनः शेरबहादुर देउवाले विघटन गरी २०५९ सालमा राजालाई सरकार बुझाए । माओवादी आन्दोलनको जर्जर अवस्थाबाट गुज्रेले २०६२÷०६३ सालमा भएको जनआन्दोलनबाट तेस्रो पटक निर्वाचित संसदलाई पुनःस्थापीत गर्यो ।

चौथो पटक देशमा २०६४ सालमा आम निर्वाचन भयो । यो निर्वाचनमा पर्वत क्षेत्र न १ बाट अर्जुन जोशी दोस्रो पटक निर्वाचित भए भने क्षेत्र न २ बाट माओवादीका गुणाखर बस्याल निर्वाचित भए । जोशीले एमालेका गणेश पौडेल र बस्यालले एमालेका मोती पौडेललाई पराजीत गरेका थिए ।

पाँचौ पटक २०७० सालमा पुनः आम निर्वाचन भयो । दुवै निर्वाचन प्रतिनिधि सभा र संविधान सभा प्रयोजनका लागि भएका निर्वाचन हुन् । यो निर्वाचनमा पनि क्षेत्र न १ बाट तेस्रो पटक अर्जुन जोशी र क्षेत्र न २ बाट एमालेका विकास लम्साल निर्वाचित भए । जोशीले एमालेका गणेश तिमिल्सीना र लम्सालले कांग्रेसका नवराज गुरुङलाई पराजीत गरे ।

संविधान निर्माण भएपछि नयाँ संरचना अनुसार देशमा छैटौ पटक २०७४ सालमा आम निर्वाचन भयो । यो निर्वाचनमा क्षेत्र न १ बाट माओवादीका नेत्रनाथ अधिकारी र क्षेत्र न २ बाट एमालेका विकास लम्साल पुनः दोस्रो पटक निर्वाचित भए । अधिकारीले कांग्रेसका नवराज गुरुङ र लम्सालले कांग्रेसकै राजेन्द्रै तिवारीलाई पराजीत गरे । यो निर्वाचनमा क्षेत्रहरु प्रदेश सभामा परिणत भएका थिए भने प्रतिनिधि सभामा एउटा निर्वाचन क्षेत्र बनेको थियो । प्रतिनिधि सभामा भने एमालेका पदम गिरी निर्वाचित भए । गिरीले कांग्रेसका ३ पटक निर्वाचित अर्जुन जोशीलाई प्रतिनिधि सभामा पराजीत गरे ।

यो अवधिसम्म आइपुग्दा बहुदल आएपछि पर्वत जिल्लाले १० जना सांसदहरु प्राप्त गर्यो । जनआन्दोलन पछि पुर्नस्थापीत संसदमा पाटीको तर्फबाट मनोनित गरी ऋषीकेश तिवारी पनि सांसद बने भने प्रदेश सभा बनेपछि समानुपातिक कोटाबाट एमालेबाट जुनादेवी नेपाली र कांग्रेसबाट ललितकला गुरुङ पनि प्रदेश सांसद बने ।

यस अघि संविधान सभामा एमालेबाट कल्पना चापागाई समानुपातिक कोटाबाट सांसद बेनेकी थिइन् ।
यति बेलामा २०७९ सालको सातौ आम निर्वाचनको संघारमा छै हामी । सात पटकको निर्वाचनमा पाँचौ पटक अर्जुन जोशी चुनावी मैदानमा छन् । दोस्रो कार्यकालका लागि पदम गिरी पुनः उमेदवार बनेका छन् ।

२०७४ सालमा बाम गठबन्धन बनेको देशमा यस पटक कांग्रेस र माओवादीको गठबन्धन बनेको छ ।

अर्थ वीट साप्ताहिकमा प्रकाशति खबर