Print

आचारसंहितामा कडाई पछि पर्वतमा निर्वाचन प्रचार-प्रसार शान्तिपूर्ण

१४ कार्तिक, पर्वत । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहितामा कडाई गरेपछि पर्वत जिल्लाको निर्वाचन प्रचार प्रसार अभियान शान्तिपूर्ण रुपमा संचालन भएका छन् ।

आचारसंहिता अनुसार निर्वाचनको १८ दिन अघिबाट मात्र कोणसभा सहितको प्रचार प्रसार गर्न पाउने छन् । अहिले उमेदवारहरु घरदैलो र भेटघाटमा ब्यस्त छन् । यस अघिका निर्वाचनहरुमा हुने तडकभडक भने अहिले छैन । आचारसंहिता अनुसा मोटरसाइकल र्याली, जुलुस त सभाहरुमा कडाइ गरिएको छ ।

आचार संहितामा कडाई गरिएका कारण गाउँवस्तीहरुमा हुने भोज भतेरमा पनि कमी भएको छ । निर्वाचनको खर्च उच्च हुने कुरालाई इंकित गर्दै आयोगले आचार संहितामा कडाई गरेको हो । निर्वाचनमा उठेका उमेदवाहरु अहिले मतदाता रिझाउनका लागि गाउँ दौडको अभियानमा सक्रिय छन् ।

निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा गरी दर्जन बढि उमेदवारहरु चुनावी मैदानमा छन् ।