Print

पर्वतबाट प्रदेश सभा “क” मा उमेदवार बन्न कांग्रेसका १० जना आकांक्षी (नामावली सहित)

१५ भदौ, पर्वत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि पर्वत काँग्रेसमा लर्को लागेको छ । पर्वत काँग्रेसले उम्मेदवार चयन प्रकृया शुरु गरी प्रदेश सभा क मा उम्मेदवारका लागि आव्हान गरिएकोमा २८ जना आकांक्षीले उम्मेदवारी दिएका छन् ।

प्रत्यक्षमा १० जना र समानुपातीकमा १८ जनाको नाम सिफारीस गरिएको हो । प्रत्यक्षमा उम्मेदवारका आकांक्षीमा नबराज गुरुङ,  यामबहादुर मल्ल, रामशर्मा पौडेल, विप्लबजंग हमाल, कृष्णबहादुर खत्री केसी, राजकुमार क्षेत्री, गंगाधर पौडेल, शिवशर्मा अधिकारी, रामबहादुर प्रसाई र बसन्तबहादुर सिके रहेका छन् ।

त्यसैगरी समानुपातीक उम्मेदवारमा डा. चुडामणी शर्मा, कुलबहादुर पुन, लेखनाथ पौडेल, प्रेम विक, मिना केसी, सोम पुन , सरस्वती शर्मा, रमेश पौडेल, जोगमाया प्रसाई, मिनबहादुर नेपाली, सिता काफ्ले लामिछाने, मिना कर्माचार्य, चन्द्रबहादुर जिसी, कलावती पुरी, बलभद्र शर्मा, लालकुमारी सिके, टंक सुवेदी र इश्वरी पाठकले क्षेत्रीय कमिटिमा आवेदन दिएका छन् ।

नेपाली काँग्रेस पर्वत क्षेत्र क ले मंगलवार १ बजेदेखि बुधवार १ बजेसम्म आवेदन दिन माग गरेको थियो ।