९ साउन, पर्वत । जिल्लाको सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा चालु शैक्षिक शत्र देखि स्नाकोत्तर तहको अध्ययापन हुने भएको छ । क्याम्पस प्रशासनले आयोजना गरेको पत्रकार सम्मेलनमा चालु शैक्षिक शत्र देखि नै एमविएस तहको अध्ययन हुने जानकारी गराइएको छ ।
क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष बसन्त कर्माचार्यले विद्यार्थीहरुको मागका आधारमा क्याम्पसले उच्च तहको अध्यापनको शुरुवात गरेको जानकारी दिए । २०४८ सालमा स्थापना भएको उक्त क्याम्पसले हाल स्नातक तहसम्मको अध्यापन गराउँदै आएको छ । स्थापनाको झण्डै ३० बर्ष पछि क्याम्पसमा स्नाकोत्तर तहको अध्यापनको ब्यवस्थापन मिलाइएको अध्यक्ष कमार्चाले बताए ।
उनले कक्षा सञ्चालन चालु शत्र देखि नै भएकाले भर्ना खुल्ला गरिएको समेत जानकारी गराए । क्यापसमा उच्च तहको अध्ययन प्रयोजनका लागि ५ करोड बराबरको पुँजी संकलन गरी सोहि रकमको ब्याजबाट शैक्षिक शत्र सञ्चालन गरिने अध्यक्ष कमाचार्यको भनाई छ ।
क्याम्पस प्रमुख सुवास पन्तले विद्यार्थीहरु ढुक्कसंग आफ्नै जिल्लामा उच्च शिक्षा पढ्ने अवसर प्राप्त हुँदा सवै विद्यार्थीले यो अवसर लिनुपर्ने धारणा राखे । शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगरी गुणस्तरीय शिक्षा प्रदान गर्न क्याम्पस तयार रहेको पन्तको भनाई छ । उनले क्याम्पसमा लामो समय अध्यापनरत प्राध्यापकसंगै एमफिल गरेका अरु प्राध्यापकहरुको समेतको ब्यवस्थापन गरी अध्यापन गराइने उनले जानकारी दिए ।
क्याम्पसले स्थानीय तह, नीजि क्षेत्र, प्रदेश र संघ सरकारसंग सहयोग संकलन गरी पुँजीको विकास गरी क्याम्पस सञ्चालनको लागि कार्य योजना निर्माण गरिएको आर्थिक ब्यवस्थापन समितिका संयोजक कमलनाथ पोख्रेलले जानकारी दिए ।
क्याम्पसमा हालसम्म ३ हजार विद्यार्थीले अध्ययन गरेको क्यापस प्रशासनले जनाएको छ । हाल ३ सय विद्यार्थी स्नातक तहमा अध्ययनरत रहेको उक्त क्याम्पसमा ब्यवस्थापन संकायको अध्ययनका लागि स्नाकोत्तर तहको भर्ना खुल्ला गरिएको हो । स्नाकोत्तर तहको अध्ययन गर्ने गुप्तेश्वर क्याम्पस जिल्लाको पहिलो क्याम्पस हो ।