६ पुस, पर्वत । विघटित प्रतिनिधि सभाका सांसद तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने धारणा राखेका छन् । स्थायित्वले मात्र देशको सम्बृद्धि हासिल गर्न सकिने भएकाले देशमा अवको विकल्प संविधान संसोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउनु अनिवार्य रहेको गिरीको तर्क छ ।
उनले आफ्नो ट्इटरमा टु्इट गर्दै भनेका छन ‘संविधान संसोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको ब्यवस्था नेपाली रानजीतिको स्थायित्वको लागि अनिवार्य ।’
पूर्व सांसद गिरी पर्वत जिल्लाबाट तत्कालीन एमालेको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका सांसद हुन् ।





