२४ मंसिर, पर्वत । जन्मदिनको अबसर पारेर निजामति कर्मचारि संगठन पर्वत जिल्ला सचिव गौरवदास बैरागिले पर्वत अस्पतालको विपद् कोषमा नगद सहयोग गरेका छन् । आफ्नो ३२ जन्मजयन्तिको अबसरमा बैरागिले अस्पताल ब्यबबस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीलाई नगद १० हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेका हुन् ।
पूर्वाधार विकास कार्यलयका लेखा प्रमुख समेत रहेका बैरागीले जन्मदिनको अवसरमा बिपन्न वर्गको उपचारमा सहयोग पुगोस भनेर सो रकम सहयोग गरेको जानकारी दिए । अस्पतालले स्थापना गरेको विपद् कोषमा सहयोग जुट्नेक्रम चलिरहेको छ । बैरागीले असहय र विपन्न तथा विपदमा परेका विरामीहरुलाई सहयोग पुग्ने गरि अस्पतालले स्थापना गरेको विपद् कोष साच्चिकै विपदमा परेको वर्गमा पुगोस भन्ने कामना गरे ।
सहयोग ग्रहण गर्दै अध्यक्ष पहाडीले विपद् कोषमा सहयोग प्रदान गर्ने सबैमा धन्यवाद ब्यक्त गरे । पहाडीले विपद् कोषमा धेरै ब्यक्ति तथा संस्थाहरुवाट सहयोग प्राप्त भइरहेको जानकारी दिदै कोषको सहि सदुपयोग हुने प्रतिबद्दता ब्यक्त गरे ।




