१६ मंसिर, पर्वत । जिल्लाका ५ वटा स्थानीय तहमा एकै पटक ५ वटा अस्पतालको शिल्यान्यास भएको छ । संघीय सरकारले सवै स्थानीय तहमा आधारभूत सुविधा सहितको अस्पताल निर्माण गर्ने प्रक्रिया स्वरुप आज जिल्लाका ५ वटा स्थानीय तहमा १५ र १० शैयाको अस्पताल भवनको शिल्यान्यास भएको हो ।
जिल्लाको मोदी गाउँपालिकामा निर्माण हुने अस्पतालको प्रतिनिधि सभाका सांसद पदम गिरीले एक कार्यक्रमका वीच भवनको शिल्यान्यास गरेका छन् । उक्त अस्पताल मोदी गाउँपालिकाको वडा न ५ बाजुङको पोखरेमा निर्माण हुँदैछ । यसैगरी जलजला गाउँपालिकामा निर्माण हुने अस्पतालको गाउँपालका अध्यक्ष यामबहादुर मल्लले शिल्यान्यास गरेका छन् ।
जलजलामा वडा न ४ माझफाँटमा अस्पताल निर्माण हुदैछ । यसैगरी फलेवास नगरपालिकामा निर्माण हुने अस्पतालको नगरप्रमुख पदमपाणी शर्माले शिल्यान्यास गरेका छन् । फलेवासमा वडा न ६ देविस्थानमा अस्पताल निर्माण हुँदैछ । महाशिलामा भने वडा न ५ लुखमा निर्माण हुने अस्पतालको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले शिल्यान्यास गरेका छन् । यसैगरी पैयूको हुवासमा निर्माण हुने अस्पतालको गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले एक कार्यक्रमका वीच शिल्यान्यास गरेका छन् ।
यस बाहेक कुश्मा नगरपालिकाको ठुलिपोखरी र विहादीको वर्राचौरमा पनि अस्पताल निर्माण हुनेछन । कुश्मा नगरपालिकाले भने भवन निर्माण प्रक्रियाको टेण्डर आब्हन भए पनि प्रक्रिया नटुंगिएका कारण भवनको शिल्यान्यास अर्को दिन गर्ने बताइन्छ । विहादी गाउँपालिकाका लागि भने यस पटक बजेटको सुनिश्चित नभएकाले भवनको शिल्यान्यास नहुने भएको छ । बाँक ५ वटा स्थानीय तहले आज भवनको शिल्यान्यास भएका हुन् ।
महाशिलाको लुंखुमा १५ शैयाको अस्पताल निर्माण हुँदैछ भने बाँकी स्थानीय तहहरुमा १० शैयाको अस्पताल निर्माण हुँदैछन । भवन निर्माण कार्यका लागि १० शैयाको अस्पतालका लागि १० करोड ८३ लाख ३६ हजार रुपैया विनियोजन गरिएको छ । १५ शैयाको अस्पतालका लागि भने १८करोड ६ लाख ८२ हजार रुपैया विनियोजन गरिएको छ ।




