Print

संघीय सरकारको एतिहासिक काम : आज पर्वतमा ५ वटा अस्पतालको शिल्यान्यास हूँदै

१५ मंसिर, पर्वत । जिल्लाका ६ वटा स्थानीय तहमा आज एकै पटक ५ वटा अस्पतालको शिल्यान्यास हुँदैछ । संघीय सरकारले सवै स्थानीय तहमा आधारभूत सुविधा सहितको अस्पताल निर्माण गर्ने प्रक्रिया स्वरुप आज जिल्लाका ५६ वटा स्थानीय तहमा १५ र १० शैयाको अस्पताल भवनको शिल्यान्यास हुन लागेको हो ।

जिल्लाको मोदी गाउँपालिकामा निर्माण हुने अस्पतालको प्रतिनिधि सभाका सांसद पदम गिरीले एक कार्यक्रमका वीच भवनको शिल्यान्यास गर्नेछन् । बाँकी स्थानीय तहमा भने स्थानीय तहका प्रमुख आफैले भवनको शिल्यान्यास गर्ने योजना रहेको बताइएको छ । अस्पतालहरु, फलेवास नगरपालिकाको देविस्थान, महाशिला गाउँपालिकाको लुंखु, पैयू गाउँपालिकाको हुवास, मोदी गाउँपालिकाको पातिचौर र जलजला गाउँपालिकाको माझफाँटमा निर्माण हुने भएका छन् ।

यस बाहेक कुश्मा नगरपालिकाको ठुलिपोखरी र विहादीको वर्राचौरमा पनि अस्पताल निर्माण हुनेछन । कुश्मा नगरपालिकाले भने भवन निर्माण प्रक्रियाको टेण्डर आब्हन भए पनि प्रक्रिया नटुंगिएका कारण भवनको शिल्यान्यास अर्को दिन गर्ने बताइन्छ । विहादी गाउँपालिकाका लागि भने यस पटक बजेटको सुनिश्चित नभएकाले भवनको शिल्यान्यास नहुने भएको छ । बाँक ५ वटा स्थानीय तहले आज भवनको शिल्यान्यास गर्दैछन् ।
महाशिलाको लुंखुमा १५ शैयाको अस्पताल निर्माण हुँदैछ भने बाँकी स्थानीय तहहरुमा १० शैयाको अस्पताल निर्माण हुँदैछन । भवन निर्माण कार्यका लागि १० शैयाको अस्पतालका लागि १० करोड ८३ लाख ३६ हजार रुपैया विनियोजन गरिएको छ । १५ शैयाको अस्पतालका लागि भने १८करोड ६ लाख ८२ हजार रुपैया विनियोजन गरिएको छ ।

यस बाहेक संघीय सरकारले पर्वत अस्पताललाई ५० शैयाको अस्पताल बनाउने गरी भवन निर्माण भइरहेको छ । बाँकी स्थानीय तहहरुमा पनि अस्पताल निर्माण हुँदा जनताको आधारभुत स्वास्थ्थ आवश्यकताहरु पुरा हुने भएका छन् ।