Print

“प्रचण्डको आरोप-पत्र प्रधानमन्त्री प्रतिको कुण्ठा र सत्ता मोहको प्रतिविम्ब”–लामिछाने

सामाजिक संजालमा उनले लेखेका छन पार्टीमा बहस हुनु स्वाभाविक नै हो । बहस बिचार,नीति,निश्चित मूल्य र मान्यताहरुको आलोकमा हुने गर्दछ । तर पछिल्लो समय कार्यकारी अध्यक्ष कमरेडले सचिवालय बैठकमा पेश गर्नु भएको आरोपपत्र बहसका निम्ति नभई झगडाका निम्ति हो भन्ने कुरा प्रस्ट नै छ । जहाँ बहस हुन्छ त्यहाँ बिचार,नीति र बिधि प्रदान हुने गर्दछ जहाँ झगडाको उदेश्य हुन्छ त्यहाँ आरोप, कुण्ठा र नियोजित भ्रमहरु प्रदान हुने गर्दछन ।कार्यकारी अध्यक्ष कमरेडको आरोप पत्र जति पटक पढे पनि त्यहाँ प्रधानमन्त्री तथा पहिलो अध्यक्ष प्रतिको कुण्ठा र सत्ता प्रतिको मोह बाहेक केहि भेटिदैन !!!!!