Print

कोरोना संक्रमण फैलदै : आफ्ना प्रतिबन्धहरु आफै उल्लघन् गर्दै पर्वतको पैयू गाउँपालिका

२४ कार्तिक, पर्वत । दशै पर्व पछि पर्वतमा कोरोनाको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । कोरोना संक्रमण फैलन थालेपछि संक्रमणलाई रोक्नका लागि स्थानीय तहहरुले प्रतिबन्धहरु लगाउन थालेका छन् । केहि स्थानीय तहहरुले लक डाउनकै घोषणा गरे भने केहि स्थानहरुमा केहि शीर्षकमा प्रतिबन्धहरु लगाइएका छन् । मानिसको जमझट हुन नदिने र बजार बन्द गर्ने स्थानीय पालिकाहरुका मूख्य प्रतिबन्दहरु हुन् ।

तर, आफैले लगाएका प्रतिबन्धहरु भने स्थानीयले तहहरुले उल्लघन गरेकाछन् । दशै पछि कोरोना संक्रमण तिव्र गतिमा फैलिएको निश्कर्ष सहित पर्वतको कुश्मा नगरपालिका, मोदी गाउँपािलका, जलजला गाउँपालिका र महाशिला गाउँपालिकाले बेग्ला बेग्लै प्रकारका प्रतिबन्धहरुको घोषणा गरे । कतै एक साता त कतै ५ दिनका लागि लगाइएका ति प्रतिबन्धहरु फुकुवा भएपनि पैयू गाउँपालिको फेरी प्रतिबन्ध लगाएको छ । समुदाय स्तरमा कोरोना संक्रमण देखियो भनेर प्रतिबन्धात्मक लक डाउनको घोषणा गरेको पैयू गाउँपालिकाले भने आफ्नो प्रतिबन्धको आफै उल्लघन् गरेर सार्वजनिक सभा समारोह कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार गाउँपालिकाकै आयोजनामा पैयूको हुवास बजार क्षेत्रमा एक सार्वजनिक कार्यक्रमको आयोजना गरिएको हो । गाउँपालिकाको आयोजना मा भएको उक्त कार्यक्रमले आफैले लगाएको प्रतिबन्ध उल्लघन् भएपछि स्थानीय स्तरमा भने गाउँपालिकाको विरोध भएको छ । योजनाको छनौट, योजना कार्यान्वयनको समिक्षा सहितका कार्यक्रमहरु सार्वजनिक कार्यक्रम नै आयोजना गरेर सञ्चालन गर्ने गाउँपालिकाले गाउँपालिका भित्रका बजार बन्द देखि बित्तिय संस्था बन्द गर्नेसम्मका प्रतिबन्धहरु जारी गरेको छ ।

गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले कार्तिक २३ गते जारी गरेको विज्ञप्तिमा अर्को सुचना जारी नभएसम्म वित्तिय संस्था बन्द गर्ने तथा गाउँपालिका र वडा कार्यालयका सवै सेवा बन्द गर्ने कुरा उल्लेख छ । गाउँपािलकाले बजार क्षेत्रमा हुने देउसी भैलोलाई समेत बन्द गराउने निर्णय गरेको सुचनामा जनाइएको छ । माक्स नलगाई हिडडुल गर्न समेत प्रतिबन्ध लगाएको पैयू गाउँपालिकाले सोमबार भने एक बृहत औपचाारिक कार्यक्रमको आयोजना गरी ७ वटै वडाका मानिसहरु र केहि थान अतिथिहरुलाई समेत जम्मा गरेपछि गाउँपालिका प्रति स्थानीयले तिव्र आक्रोस ब्यक्त गरेका छन् ।