Print

पर्वतमा भेटिएका कुल संक्रमीत मध्ये १९ प्रतिशत समुदायका ब्यक्ति

१६ असार, पर्वत । जिल्लामा हालसम्म संक्रमीत पुष्टि भएकाहरु मध्ये कुल १९ प्रतिशत संक्रमीत समुदायका रहेका छन् । बाँकी ८१ प्रतिशत संक्रमीत भने भारतबाट फर्केकाहरु रहेका छन् ।

जिल्लामा भेटिएका कुल ८५ जना संक्रमीत मध्ये १९ प्रतिशत अर्थात १६ जना समुदायकै ब्यक्तिहरु हुन । १६ जना मध्ये ३ जना भने निको भइ घर फर्केका छन् । उनीहरु मध्ये पहिले ५ जनामा स्वास्थ्यकर्मी संक्रमीत भएका थिए । १ जना पोखरामा उपचारत घाइेत पनि संक्रमीत भेटिएका थिए ।

संक्रमीत स्वास्थ्यकर्मीको सम्पर्क खोज्दै जाँदा पूर्व स्वास्थ्यकर्मी र उनका भाई गरी २ जना एकै परिवारका संक्रमीत भएका छन् । अस्पतालमै कार्यरत अर्की १ जना स्वास्थ्यकर्मी, स्वास्थ्यर्कीका श्रीमान १ जना, सरसफाईका कर्मचारी १ जना र सदरमुकाम बाहिरका १ जना स्वास्थ्यकर्मी सहित उनीहरु ११ जना संक्रमीत भएका छन् ।

यसैगरी स्वास्थ्यकर्मीको सम्पर्क बाहिर १ जना मोटरसाइलक दुर्घटनाका घाइते र उनको सम्पर्कमा रहको थप ४ जना सहित कुल ५ जना समुदायका ब्यक्तिहरु संक्रमति भएका छन् ।

यसरी हेर्दा कुल भेटिएका मध्ये समुदायका १९ प्रतिशत ब्यक्तिहरु संक्रमीत भएको देखिन्छ । बाँकी ८१ प्रतिशत ब्यक्तिहरु भने भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरु छन् ।