२४ जेठ, पर्वत । कोरोना परिक्षणका लागि पिसिआ परिक्षण संख्या पर्वतमा ३ सय ४ पुगेको छ । विदेशबाट फर्केकाहरु र संकास्पद ३ सय ४ जना ब्यक्तिहरुको नमुना संकल नगरिएको हो । पर्वत जिल्ला अस्पतालका डा. शिशिर देवकोटाका अनुसार पर्वतमा हालसम्म संकल नभएका नमुना मध्ये २ सय १३ जनाको रिर्पोट नेगेटिभ आएको छ । जसमध्ये ९ जनाको भने पोजेटिभ रिर्पोट आएको छ ।
संकलन गरिएका नमुना मध्ये ८२ जनाको रिर्पोट आउन बाँकी रहेको छ । संकलीत सवै नमुना परिक्षणका लागि गण्डकी प्रदेशको जनस्वास्थ्य प्रयोगशाला पोखरामा पठाइएको छ । पिसिआर रिर्पोटबाट पोजेटिभ देखिएकाहरुलाई उपचारका लागि पर्वत स्थित कोरोना अस्पतालमा भर्ना गरिएको छ ।




