२३ जेठ, पर्वत । पर्वत जिल्लामा चालु आर्थिक बर्षमा मात्रै झण्डै ५० किलोमिटर सडक कालोपत्रेको चरणमा थियो । राष्ट्रिय राजमार्गमा झण्डै १५ किलोमिटर र ग्रामीण सडकहरु बढिमा ३५ किलोमिटर कालोपत्रे हुने चरणमा थिए ।
कोरोनाका कारण देश लक डाउनमा जाँदा ति सडकहरुमा कालोपत्रेको काम रोकिएको छ । जिल्लामा आगामी ३ बर्ष भित्र झण्डै २ सय किलोमिटर सडक कालोपत्रे हुने गरी संघीय तथा प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । सडकमा नियमित र निरन्तर काम हुँदा आगामी ३ बर्ष भित्र जिल्लाका सवै मुख्य सडक कालोपत्रे हुने संघीय सांसद पदम गिरीले बताउँदै आएका छन् ।
संघीय र प्रदेश सरकारबाट विनियोजन भएको बजेटमा विना रोकावट काम हुन पाएमा जिल्लामा उत्तर देखि दक्षिणसम्म साइकलमै हिड्न मिल्ने सपना समेत सांसद गिरीले देखाउँदै आएका थिए । पछिल्लो दिन जिल्लामा झण्डै १८ वटा मुख्य सडकहरु कालोपत्रेको चरणमा पुगेका थिए । सडक कालोपत्रेका लागि बोलपत्र आब्हान भइ निर्माणको काम शुरु भईसकेको थियो ।
चैत महिना देखि शुरु भएको लक डाउन जेठ महिसम्म जारी रहँदा त्यसको प्रत्यक्ष असर भने जिल्लाको विकास निर्माणमा पनि देखिएको छ । सडक निर्माण कार्यका लागि कालीगण्डकी लोकमार्गको आयोजना कार्यालय, मध्यपहाडी लोकमार्गको आयोजना कार्यालय, पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यायल मार्फत काम भइरहेको छ । यी सवै निकायहरुबाट भईरहेका काममा भने कोरोना कहरले अवरोध सृजना गरेको सांसद गिरी बताउँछन् । सवै आयोजनाका कामहरुलाई कायक्षेत्रमै राख्न नसक्दा ति आयोजनाको काम अवरुद्ध भएका छन् ।
मुख्य गरी भारतीय कामदारहरु विना कालोपत्रेको काम शुरु गर्न नसकिने हुँदा पनि कालोपत्रेत्रको काम शुरु हुन लागेका आयोजनाहरुको काम रोकिएको पूर्वाधार विकास कार्यालयका प्रमुख दयाराम अधिकारी बताउँछन् । आधा दर्जन सडकहरु कालोपत्रेको चरणमा थिए । अधिकारीले भने कोरोना त्रासका कारण जनप्रतिनिधिहरुले कामदार ल्याउन अनुमति नदिँदा पनि आयोजनाको कामहरु प्रभावित भईरहेका छन् ।
मध्यपहाडी लोकमार्गको पर्वत खण्ड पनि कालोपत्रेको लागि तयारी अवस्थामा छ । आयोजना प्रमुम आशिष थापा मगरले आयोजनामा कामदार अभाव हुँदा निर्माण कम्पनीले काम गर्न नसकेको बताउँछन । कामदारको ब्यवस्थापनमा निरनतर सहजीकरण गरीरहे पनि प्रशासनीक झझण्ड र घरमा गएका कामदार फर्काउन समस्या परेको उनको भनाई ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना अन्तर्गत दक्षिणी क्षेत्रको लमायखोला देखि लुंखुसम्मको खण्डमा पनि कालोपत्रेको तयारी भईरहेको थियो । त्यो खण्डको काम पनि प्रभावित भएको छ ।
पूर्वाधार विकास कार्यालय अन्तर्गतका आधा दर्जन सडकहरुमा कालोपत्रेको काम शुरु हुने चरणमा पुग्दा अवरुद्ध भएको छ । मझौता र ठुला आयोजनाहरु सञ्चालन भइरहेको उक्त आयोजनामा डिमुवा देखि राम्जा सडक, दोविल्ला ठुलिपोखरी सडक, कुश्मा मोदीवेणी सडक लगाएतका सडकहरुमा कालोपत्रेको काम शुरु हुने अवस्थामा थियो । कल डाउनका कारण सडक मजदुरको अभावले सवै काम रोकिएका छन् ।




