Print

कांग्रेस नेतृ क्षेत्रीद्धारा विदालयका लागि शैक्षिक सामाग्री वितरण

२५ भदौ, पर्वत । फलेवास नगरपालिकामा संचालित दुई वटा सामुदायिक विद्यालयका ५० जना भन्दा बढि विद्यालयलाई सोमवार शैक्षिक सामग्री वितरण गरिएको छ । दुई स्थानका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गदै नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य एवं काँग्रेस नेतृ राधाकुमारी कुवँर क्षेत्रीले यसरी शैक्षिक सामग्री वितरण गर्दा विद्याथीलाई हौसला मिल्ने बताउनु भयो । क्षेत्रीले अहिले पनि जिल्लाका केही भागमा आर्थिक स्थिती र चेतनाको अभावका कारण बालबालिका घरमा नै बस्ने र विद्यालय जान नमान्ने भेटिएको बताउँदै तिनलाई पढ्न प्रेरित गर्न पनि यस्ता खालका कार्यक्रम बढि प्रभावकारी हुने दावी गर्नुभयो ।

क्षेत्रीले पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गदै राज्यको ध्यान विद्यालयको भौतिक तथा शैक्षिक विकासमा केन्द्रित हुनुपर्ने बताउनु भयो । सामुदायिक विद्यालयको शैक्षिक विकास नभएसम्म समुदाय र राष्ट्रको विकास नहुने उहाँको भनाई थियो । कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी क्षेत्रीले फलेवास नगरपालिकाको विकास र समृद्धिका लागि यहाँका सबै राजनीतिक दल, नागरिक समाज र समुदायस्तरबाट समेत पहल हुनुपर्ने वताउँदै त्यसका लागि दलीय चिन्तनबाट माथि उठेर विकासमा हातेमालो गर्न सबै फलेबासबासीलाई एकजुट हुन आग्रह गर्नुभयो । पछिल्लो समय पर्वतको राजनीतिमा आफ्नो छुट्टै प्रभाव बनाउन सफल क्षेत्री राजनीतिका अलावा समाजसेवामा समेत उत्तिकै सक्रिय हुनुहुन्छ ।

कार्यक्रममा सहयोगदाता जिवन भुषाल क्षेत्रीले शैक्षिक विकासमा मद्दत पुगेको जिकिर गर्नुभयो । आफ्नो ध्यान यस क्षेत्रको शैक्षिक विकासमा रहेको बताउँदै आगामी दिनमा पनि शैक्षिक गतिविधीलाई प्रोत्साहन गर्ने जानाकारी दिनुभयो । चन्दनी प्राथमिक विद्यालयमा भएको कार्यक्रममा नेपाल शिक्षक संघ फलेवास नगर समितिका संयोजक पूर्णकुमार श्रेष्ठ, नेपाल तरुण दल फलेवास नगरपालिकाका संयोजक दिनेश लामिछाने, कान्तिपुर दैनिकका संवाददाता अगन्धर तिवारी, प्रेश युनियन पर्वतका सचिव एवम् रेडियो शालिग्रामका पत्रकार साजन परियार लगायतले बोल्नुभएको थियो । विद्यालयका अध्यक्ष गोपाल शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक बसन्तकुमारी डोटेल रेग्मी र कार्यक्रमको संचालन नेपाल दलित संघ पर्वतका सभापति याम परियार ‘शिव’ले गर्नुभएको थियो ।

यता कालिका आधारभूत विद्यालयमा सम्पन्न भएको कार्यक्रममा नेपाल शिक्षक संघ फलेवास नगर समितिका संयोजक पूर्णकुमार श्रेष्ठ, विद्यालयका प्राचार्य प्रेमकला शर्मा, समाजसेवी भरतकुमार श्रेष्ठ, पूर्व शिक्षक कुमार श्रेष्ठ, युवराज भुषाल, सुरेशकुमार श्रेष्ठ लगायतले बोल्नुभएको थियो । अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार साजन परियारले गर्नुभएको थियो । साथै उक्त अवसरमा विद्यालयमा स्थानीय समाजसेवी चिरञ्जीवी भुषालले आमा अक्षरा भुषालको स्मृति दिवसको अवसरमा विद्यालयमा १० हजार १ सय पाँच रुपैयाँको अक्षकोष स्थापना गर्नुभएको छ । अक्षकोषको रकमवाट विद्यालयका गरिव तथा जेहेनन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने विद्यालयले जनाएको छ ।