२७ जेठ, पर्वत । पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत कालोपत्रे हुन लागेको पर्वतको साईकलचोक–गहतेपोखरा सडकको सांसद पदम गिरीले अनुगमन गरेका छन । चालु आर्थिक वर्षको बजेटबाट रु ४० लाख रुपैया बिनीयोजन गरेपछि यतिवेला उक्त सडकको कालोपत्रे गर्न थालिएको हो ।
कुश्मा नगरपालिका वडा नं ९ कटुवाचौपारीदेखि वडा नं १२ ठुलीपोखरी जाड्ने सडकको साईकलचोक–गहतेपोखरा खण्ड कालोपत्रे गर्न लागिएको हो । उक्त सडकले झण्डै चार सय मिटर कालोपत्रे हुने बताईएको छ ।
कुश्मा कन्ट्रक्सनले जिम्मा लिएको उक्त कालोपत्रेको काम चालु आर्थिक वर्ष भित्रनै सम्पन्न हुने भएको छ । सडक अवलोकन गर्दै सांसद गिरीले सडक निर्माण गर्दा गुणस्तरलाई ध्यान दिन आग्रह गरे ।
दिनभरी कालोपत्रे गर्ने, राती आएको बाढीले बगाउने गरी विकास नगरी लामो समय टिक्नेगरी गुणस्तरमा ध्यान दिन आग्रह गरे । चालु आर्थिक बर्षमा पूर्वाधार क्षेत्र साझेदारी कार्यक्रम मार्फत प्राप्त भएको ४ करोड रकम सांसद गिरीले सडक पूर्वाधारमा ध्यान दिदै विभिन्न सडकमा रकम विनियोजन गरेका थिए ।
सवै योजनाहरु निर्माण कार्यको अन्तिम चरणमा पुगेपछि सांसद गिरी सहितको टोली यतिबेला अनुगमनमा जुटेको छ । अनुगमनमा सवै रकमको पारदर्शीतापूर्वक खर्च हुने कुराको ग्यारेन्टी गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई सांसद गिरीले निर्देशन समेत दिएका छन ।




