१५ साउन, पर्वत । देशभर सरकार विरुद्ध प्रदर्शन गर्ने उद्घोष गरेको कांग्रेसले आज पर्वत सदरमुकाम कुश्मा बजारमा पनि सरकार विरुद्ध प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शनले कुश्मा बजार परिक्रमा गरेको थियो ।
अरु बेला जिल्लामा नदेखिने नेताहरुसमेत जुलुसमा सहभागी हुन अन्य जिल्लाहरुबाट पर्वत आइपुगेका हुन । उनीहरुले सरकारले गरेका कामहरु जनमैत्री नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।
कुश्मा बजार परिक्रमा गरेको जुलुसले लोकतन्त्र पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले नेपाली कांग्रेस नै जनताको असल साथी भएको दावी गरे ।
उनले नेपाली कांग्रेसले गरेका जनमैत्री निर्णयहरु बर्तमान सरकारले उल्टाएको समेत आरोप लगाए ।




