१२ कार्तिक, पर्वत । जिल्लाको दुर्गम गाउँ बासखर्कमा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण हुने भएको छ । जलजला गाउँपालिका वडा न १ बाँसखर्कमा आधुनिक सुविधासम्पन्न स्वास्थ्य चौकी भवन निर्माण हुने भएको हो ।
स्वास्थ्य मन्त्रालयको ५ करोड ५० लाखको लागतमा भवन बनेपछि स्थानीयबासीलाई सामान्य उपचारका लागि कुश्मा बजार र म्याग्दी जिल्लाको वेनीबजारसम्म पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । जिल्लाका झण्डै डेढ दर्जन बढि वडाहरुमा आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सेवा प्रवाह भईरहेको छ ।
जिल्लाका ५४ वटा स्वास्थ्य चौकीमा नै आधुनिक भवन वनाउने सरकारको योजना बमोजीम जग्गा उपलब्ध भएका वडाहरुमा सुविधा सम्पन्न भवन निर्माण प्रक्रिया अगाडि बढिरहेको छ ।




