Print

पर्वतका प्रहरी प्रमुखको सरुवा, खनाल जाँदै घिमिरे आउँदै

१ भदौ, पर्वत ।  नेपाल प्रहरीको हेडक्वार्टरले बिहीबार १ सय ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको सरुवा गरेको छ। केही जिल्लाका प्रमुख र महानगरीय प्रहरी वृत्तहरुमा डिएसपी प्रमुख रहने गरेका छन्।

भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा भएको हो।

सरुवा सूची अनुसार जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत डिएसपी शेखर खनाल महानगरिय प्रहरी परिसर काठमाण्डौमा सरुवा भएका छन भने केन्द्रिय महिला तथा बालबालिका सेलमा कार्यरत दिलिप घिमिरे पर्वतको नयाँ प्रहरी प्रमुखको रुपमा सरुवा भएका छन ।

दिलीप घिमिरेको ठाउँमा भने पर्वतमा यस अघि कार्यरत डिएसपी गंगा पन्त सरुवा भएकी छन ।। महानगरीय प्रहरी वृत्तहरु मध्ये बौद्धमा अच्युतमप्रसाद पुडासैनी,  गौशालामा अनुपम श्रेष्ठ,सिंहदरबारमा अपिलराज बोहरा, चापागाउँमा आभुषण तिम्सिना, स्वयम्भूमा किशोरकुमार श्रेष्ठ, कमलपोखरीमा कुलदिप चन्द, दरबारमार्गमा तिलक भारती, लैनचौरमा दीपक पोखरेल,  जगाती भक्तपुरमा दीपक श्रेष्ठ, बालाजुमा नवीनकृष्ण भण्डारी, थिमिमा प्रज्वल महर्जन, कालिमाटीमा प्रदीपबहादुर क्षेत्री, सातदोबाटोमा विनोद सिलवाल, थानकोटमा महेन्द्र नेपाल, जनसेवामा मोहन कुमार थापा सरुवा भएका छन्।

त्यसैगरी साउन १९ गते इन्सपेक्टरबाट डिएसपीमा बढुवा भएका ९३ जनाको पनि पदस्थापन भएको छ।