Print

कांग्रेस क्षेत्रीय समितिले बर्राचौरमा गरयो शुभकामना आदानप्रदान कार्यक्रम


१३ वैशाख, पर्वत । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिले क्षेत्र नम्बर ख अन्तर्गतको बर्राचौरमा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले क्यालेण्डर सार्वजनिक गर्नुभएको हो । क्षेत्रीय समितिले गरेका गतिविधिहरू सहितको तस्वीर समावेश गरी क्यालेन्डर सार्वजनिक गरेको छ ।

क्यालेन्डरमा बिदाको सूची पर्व, दिवस, पञ्चांग, तारिख समेत समावेश गरिएको छ । क्यालेन्डर सार्वजनिक गर्दै पर्वत कांग्रेसका सभापति जोशीले पार्टीका कामलाई रचनात्मक बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पर्वतका निर्वतमान सभापति खिमप्रसाद भुसाल, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य जितबहादुर नेपाली, यमबहादुर मल्ल ’रामकृष्ण नेपाली’ गण्डकी प्रदेश सदस्य एवं महासमिति सदस्य रेखा गुरुङ, नेपाली कांग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी, डाक्टर चुडामणि शर्मा, नेपाली कांग्रेस प्रदेश सभा ’क’ क्षेत्री कार्यसमितिका सभापति राजकुमार क्षेत्री, पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले शुभकामना मन्तब्य राखेका थिए ।

यसैगरी कार्यक्रमा जिल्ला सदस्य शिव शर्मा अधिकारी, नेपाली कांग्रेस महासमिति सदस्य खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य राधाकुमारि कुवँर क्षेत्री, महाधिवेशन प्रतिनिधि गंगाधर तिवारी, नेपाली कांग्रेस पर्वतका नेता गिरिराज गौतम, महाधिवेशन प्रतिनिधि एवं ’राज’, प्रेस युनियनका केन्द्रीय सदस्य साजन परियार लगाएतले सो अवसरमा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

क्षेत्रीय कार्य समितिका अध्यक्ष परविन गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अध्यक्ष गुरुङले कांग्रेसले अब नयाँ गति र नयाँ यात्राको शुरुवात गर्नुपर्ने धारणा राखे । उनले कांग्रेसलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा देशको ठूलो पाटी बनाउनुपर्ने विचार प्रकट गरे ।

नयाँ बर्षमा पाटीले नयाँ नयाँ सांगठनीक कामहरुको शुुरुवात गर्नुपर्ने गुरुङको धारणा थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव छविलाल तिवारीले गरेका थिए ।