१२ वैशाख, पर्वत । शिक्षक आन्दोलनका कारण पर्वतका झण्डै १९ हजार विद्यार्थीको अध्यापन प्रभावित भएको छ । नयाँ शैक्षिश शत्र शुरु हुने बेलामा शिक्षकहरु काठमाण्डौं केन्द्रित आन्दोलनमा जुटेपनि विद्यार्थीहरुको अध्यापन अaन्यौलमा परेको हो । संविधान विरोधी मागहरु लिएर आन्दोलनमा जुटेका शिक्षकहरुलाई बिद्यार्थीको भविश्य भन्दा आफ्नो गन्तब्यको मात्र चिन्ता देखिन्छ ।
सरकारले आब्हान गरेको पटक पटकको बार्तामा नजाने शिक्षकहरुका कारण पर्वत जिल्लामा सामुदायिक विद्यालय तर्फ अध्ययनरत १८ हजार ९ सय ८९ जना बिद्यार्थीको भविश्य अन्यौलमा परेको हो । शिक्षा समन्वय ईकाईसंगको तथ्यांकमा रहेको उक्त संख्याका विद्यार्थीहरुले नियमित अध्ययन मात्र होइन् पाठ्यक्रम समेत लिन पाएका छैनन् ।
विद्यार्थीहरुको भविश्य अन्यौलमा बेला जिल्लाका ७ वटा स्थानीय तहहरु भने मौन बसेका छन् । केहि वडाहरुले विद्यालय खुलाउने प्रयास गरे पनि पालिकाहरुले शिक्षकलाई नियमित काममा फर्कन अझै आब्हान गर्न, निर्देशन दिन सकिरहेका छैनन् ।
शिक्षकहरुको मागले विद्यार्थीको अध्ययन समस्यामा पर्दा जनप्रतिनिधिहरुले देखाएको बेवास्ताका कारण शिक्षकहरुले यतिबेला फुर्सदमा थपिएको बिदा मनाउन पाएका छन् । सरकार विरुद्ध आन्दोलन गरेका शिक्षकहरुले संविधानमा नभएको विषय समेत माग राखेका छन् । संविधानमा माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहलाई दिए पनि शिक्षकहरुले भने स्थानीय तहको खिल्ली उडाउदै उक्त अधिकार कटौतीको माग समेत राखेका छन् । खुल्ला प्रतिस्पर्धामा सहभागी भएर आयोगबाट स्थायी पदमा नाम निकाल्न नसकेका शिक्षकहरुले आन्तरीक प्रतिस्पर्धामा स्थायीको माग राखेका छन् ।
सरकारी संरचनामा नीजमति सरह सेवा सुविधाका लागि सडक आन्दोलन गरीरहेका शिक्षकहरुले मर्यादाक्रम निर्धारणको समेत अजिब माग राखिरहेका छन् ।
शिक्षकरुले अनावश्यक माग राखेर सडक तताईरहँदा स्याङजाको हरीनाश गाउँपालिकाले शिक्षकले विद्यालयमा अध्यापन नगराएको बेलाको तलब काट्ने निर्णय समेत गरीसकेको छ । शिक्षकलाई निशियत सहितको बाध्यकारी ब्यवस्था गरेर विद्यालयमा नयाँ शैक्षिक शत्रमा भर्ना अभियान सञ्चालन गर्ने, पाठ्यपुस्तक वितरण गर्ने, नयाँ कार्य योजना बनाउने कार्यमा स्थानीय तहहरुले अहिलेसम्म पनि प्रयास गरेको भेटिदैन ।




