२० मंसिर, पर्वत । यति बेला देश भर मध्यपहाडी लोकमार्गको चर्चा छ । देशको ठुलो राजनैतिक दल एमालेका कारण यति बेला लोकमार्ग चर्चामा आएको हो । लोकमार्ग चर्चामा आउने कारण हो, एमालेको सम्बृद्धिका लागि संकल्प यात्रा । एमालेले पूर्वको चिवाभञ्जाङ देखि पश्चिमकको झुलाघाट सम्पन्नका लागि १९ दिने संकल्प यात्रा शुरु गरेको छ । अभियान अन्तर्गत मध्यपहाडी लोकमार्गले छोएका दुई दर्जन बढि जिल्लाहरुको भ्रमणमा एमाले केन्द्रिय पदाधिकारीका टिम निस्किएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सहितको टिम यति बेला मध्यपहाडीको यात्रामा निस्किएका छन् ।
मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरुमा लोकमार्गका कारण बजार विस्तार हुने, उत्पादनले बजार भाउ पाउने र सहरीकरण तर्फ बजार उन्मुख हुने गरी सरकारले यो सडकलाई पुष्पलाल लोकमार्गको रुपमा अघि बढाएको छ । पुष्पलाल लोकमार्गलाई मध्यपहाडी लोकमार्ग सडक आयोजनाको रुपमा सरकारले निर्माण कार्य गरीरहेको छ ।
यहि वीचमा पर्वतको कुश्मा बजार पनि मध्यपहाडी लोकमार्गले चिरेर गएको छ । पोखरा बागलुङ सडक खण्डमा चिनिने यो सडकलाई सरकारले मध्यपहाडी लोकमार्गको रुपमा अघि बढाए पछि सडक दुई लेनको मात्र भएको छ । पोखरा देखि कुश्मासम्मको यात्रा सहज भएको छ ।
कुश्मा बजार पछिल्लो समयमा पर्यटकीय जिल्लाको रुपमा चिनिदै गएको छ । पर्यटकीय जिल्लाको रुपमा चिनिदै गएको यो जिल्लामा साहसिक खेलको हवको रुपमा समेत परिचित छ । यहि जिल्लामा विशेष गरी कालीगण्डकी नदी र मोदी खोलाको दोभानमा पर्दछ । कुश्मा बजारमा ब्यवस्थित बसपार्क बन्दैछ भने यहाँ पछिल्लो समय ठुला होटलहरु समेत खुल्न थालेका छन् । पश्चिम क्षेत्रको जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्वबाट समेत मध्यपहाडी लोकमार्ग हँुदै सवारी चल्न थालेपछि पर्वत खण्ड पनि यति बेला ब्यस्त हुन थालेको छ ।
कुश्मालाई सम्बृद्ध बनाउनका लागि पर्यटन, कृषि र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिनुछ । पूर्व र पश्चिम क्षेत्रमा चल्ने सवारी साधनहरुका कारण भरीभराउन हु्ने लोकमार्गको लामा कथा र ब्यथाहरुमा पनि कुश्मा बजारले यथोचित लाभ लिनुपर्नेछ ।
एमाले अभियान अन्तर्गत सडक खण्डको ब्यापक प्रचारप्रसार भएको छ । यहि वीचमा यो सडकले छोएका अन्य जिल्लामा पनि बजारीकरण गर्ने आयोजनाले लक्ष्य लिएको छ । ति बजारलाई कूश्माबजारसंग प्रत्यक्ष सम्पर्कमा जोड्न सकेको खण्डमा कुश्माको सम्बृद्धिका केहि आधारहरु थप तय हुने विश्वास लिन सकिन्छ । (विश्लेषण)




