१९ मंसिर, पर्वत । लामो समय देखिको वसपार्क समस्या अव भने पर्वत सदरमुकाम कुश्मा बजारमा समाधान हुने भएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा न ६ बान्द्रेवीडि चौरमा सुविधासम्पन्न बसपार्क निर्माण हुन लागेको हो ।
सहरी तथा भवन डिभिजन कार्यालय बागलुङ मार्फत सरकारले बान्द्रेवीडि चौरमा बसपार्क निर्माण गर्दैछ । कुल ८ करोडको लागतमा निर्माण हुन लागेको बसपार्क विजय राङखोला सिद्धबाबा जेभी कम्पनीले ७ करोड १० लाख लागतमा निर्माणको सम्झौता गरेको छ ।
हालसम्म ७५ प्रतिशत काम सकिएको निर्माण ब्यवसायीका प्राविधिक सविन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार र्टमिनल भवन, यात्रु कक्ष र पसलहरुका लागि सटर निर्माणको काम भईरहेको छ ।

साना सवारीलाई अलग्गै र ठूला सवारीलाई अलग्गै पार्किङ गर्न मिल्ने गरी बसपार्क क्षेत्रमा पार्किङको ब्यवस्था मिलाइएको छ । बसपार्कबाट नै टिकट काट्न मिल्ने गरी टिकट बुकिङ काउन्टरहरुको समेत स्थापना गरिएको छ । आगामी असार महिनासम्म वसपार्कको काम सम्पन्न हुने गरी काम भईरहेको निर्माण कम्पनीले जनाएको छ ।
लामो समय देखि वसपार्कको अभावका कारण सडकहरुमा वसहरु पार्किङ गर्नुपर्ने बाध्यता अव भने कुश्मामा हटने भएको छ ।





