Print

एमाले अध्यक्ष ओली पर्वत आउने भएपछि सामाजिक सञ्जालमा पुनः रेलको चर्चा

१८ मंसिर, पर्वत । २०७४ सालमा एमाले अध्यक्ष ओलीले पर्वत आउँदा जनसंभालाई सम्बोधन गर्दै रेलको सपना बाडे । रेलका स्वप्नद्रष्टाको रुपमा नेपाली राजनीतिमा परिचित ओलीले २०७४ को निर्वाचन पछि देशमा रेल मार्ग, सुरुङमार्ग र जलमार्गको परिकल्पना सुनाएका थिए । रेलको सपना बाडँेका ओलीले २०७४ सालको निर्वाचनमा झण्डै दुई तिहाई सहितको सरकारको नेतृत्वमा झण्डै ३ बर्ष रहे । ओली सरकारको नेतृत्वमा ३ बर्ष रहे पनि उनी आफ्नै पाटीको अल्पमतमा परे । माओवादीसंग पाटी एकता गरेर सरकार सञ्चालन गरेका ओलीले २ पटक संसद नै विघटन गरेर मध्यावधि घोषणा गरे तर मध्यावधि अदालतले रोक्ने ।

यतिबेला फेरी पर्वतको कुश्मामा ओलीले मध्यपहाडी लोकमार्गमा सम्बृद्धिका लागि संकल्प यात्रा अन्तर्गत आयोजीत जनसभालाई सम्बोधन गर्दै छन् । ओली पर्वतको कुश्मा आउने भएपछि पुनः पर्वतमा रेलको बहस शुरु भएको छ । देश आर्थिक अवस्थामा कमजोर बनेको छ । देशमा आर्थिक मन्दि छ । आर्थिक तरलतामा देशले बेहोरिरहेको मन्दीका बाबाजुद पनि ओली पर्वतको कुश्मामा आउने भएपछि सामाजिक सञ्जालका प्रयोगकर्ताले ओलीले २०७४ सालको निर्वाचन बोलेको विषयलाई चर्चामा ल्याइरहेका छन ।

२०७४ साल कात्तिक ३० गते तत्कालीन एमाले र माओवादीको संयुक्त बाम गठबन्धनले चुनावी सभाको आयोजना गरेको थियो । जतिवेला काठमाण्डौ केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन भैरहेको थियो । सोहि प्रसंगमा केरुङ्गवाट काठमाडौसम्म रेल आईकसेपछि आफ्नो नेतृत्वमा बन्ने सरकारले पोखरासम्म निर्माण गर्ने ओलीले बताएका थिए । उनले भनेका थिए ‘पोखरासम्म रेल आईसकेपछि त बेनी सम्मको रेलमार्गको लागि केही भन्नु पर्ला जस्तो लाग्दैन ।’ बेनीसम्म रेलमार्ग जाने भएपछि कुश्मामा नआउने कुरै भएन । कुश्मामा त रेल स्टेशननै बनाउने हो, यो केहि वर्षमा बन्छ ।’ ओलीको तत्कालीन अभिव्यक्ति अहिले पनि सामाजिक सञ्जालमा ब्यापक चर्चा पाएको छ । उक्त सम्वोधनको भिडियो अहिले फेसबुक तथा टिकटकमा निकै चर्चा बटुलेको छ ।

अध्यक्ष ओलीले २०७९ चैत २६ गतेको आमसभामा पनि अघिल्लो पटकको रेलको प्रसंग कोट्याउँदै रेलमार्ग भन्ने कुरा झोलामा वा डोकोमा बोकेर ल्याउने कुरा नभएको बताएका थिए। उनले जनकपुर(जयनगर रेलमार्ग आफ्नो नेतृत्वको सरकारले संचालन गरेको बताउँदै अब अन्य ठाउँमा पनि रेलमार्ग बिस्तार गर्दै लैजाने बताएका थिए ।

नेकपा एमालले संचालन गरेको समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत यहि मंसिर २१ गते पर्वत सदरमुकाम आउने कार्यतालिका छ ।