Print

आफ्नै देश ओहोरदोहोर गर्न भारतीय भूमि प्रयोग गर्छन दार्चुलाबासी

१४ मसिर, पर्वत । देशको एउटा यस्तो जिल्ला जहाँका नागरिक आफ्नो देशका वस्ती हिड्न अर्को देशको बाटो प्रयोग गर्नुपर्छ । नेपालको सुदरपश्चिमको पहाडी जिल्ला दार्चुलाबासीले बर्षौ देखि यस्ता समस्या बेहोर्दै आइरहेका छन । आफनै देशका भूभागहरुमा जानका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यतामा उनीहरु छन् । दार्चुलाको छागँरु र तिकरका जनताले नेपाली भूमिको सट्टा भारतीय भूमि प्रयोग गर्न बाध्य छन् ।

आफ्नै जिल्लाको सदरमुकाम खलंगा आवातजावत गर्न उनीहरुले भारतीय बाटो प्रयोग गर्नुपर्छ । खाद्यन्न र औषधिजन्य सामाग्रीहरु खरिदका लागि पनि उनीहरुले भारतीय बाटो नै प्रयोग गरेर किनमेल गर्नुपर्छ । नेपाल सरकारले आफ्नै देशका वस्तीहरुमा पुग्नका लागि सडक विस्तार नगरेका कारण उनीहरु सरकारी सेवाबाट विमुख छन् । सदरमुकाम आवातजावत गर्नका लागि नेपाली भूमि तर्फ पैदल मार्ग पनि छैन । न पैदल मार्ग न सडक सञ्जाल, सवै सुविधाबाट बञ्चित छागँरु र तिकरका स्थानीयले बर्षौ देखि भोग्दै आएको पिडा हो यो ।

महाकाली नदी पारीको भारतीय जिल्ला पिथौराघाटबाट महाकाली नदि किनारै किनार सडक विस्तार छ । उक्त सडक प्रयोग गरेर भारतको धार्चूला क्षेत्रबाट स्थानीय आफ्नै देशको सदरमुकाम आवतजावत गर्न बाध्य छन् । भारत र नेपाल जोडने महाकाली पुल भारतले विहान ६ बजे देखि बेलुका ६ बजेसम्म सञ्चालन गर्छ । बाँकी समय नाका बन्द गर्ने गरेको छ । नेपालीहरुले पुल आवातजावत गर्न पनि आफनो परिचय देखाएपछि मात्र धार्चुला प्रवेश गर्न पाउँछन् ।

भारतले नेपाली जनताहरुलाई गर्ने ब्यवहारका कारण पनि पिडामा रहेको दार्चूलाबासीले आफनै देशको सडक प्रयोग गर्न नपाउँदा झन पिडामा बाँच बाध्य छन् । दार्चूलाका पूर्व सांसद गणेश ठकुन्नाले सडक विस्तारका लागि पटक पटक प्रयास गरिए पनि हालसम्म पनि सडक विस्तार हुन नसकेको बताउँछन् । सडक विस्तार हुन नसक्दा दार्चुला जिल्लाको हिमाली क्षेत्रका जनताहरुले सधै सास्ती बेहोदैै आइरहेका छन् ।

सडक सञ्जालबाट सास्ती बेहोरेका दार्चूलाबासीको समस्या समाधान गर्न हालै दार्चूला सम्पन्न प्रेस चौतारी नेपालको वैठकले समेत माग गरेको छ । वैठकले भनेको छ ‘दार्चुला सदरमुकाम र दार्चुला व्यास गाउँपालिका १ स्थित छागँरू र तिंकरविच सडक नहुँदा आफ्नै देशको भू–भागमा ओहोदोहोर गर्न पनि भारतीय सडक प्रयोग गर्नुपर्ने बाध्यता छ । यो बैठक दार्चुला–तिंकर सडकलाई राष्ट्रिय गौरवको योजना घोषणा गरी यथाशक्य सडक निर्माण गर्न माग गर्दछ ।’