Print

२ घण्टामा बागलुङमा ३ पटक भुकम्पको धक्का

१३ पौष, पर्वत । बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो। सेतोपाटी अनलाईनमा उल्लेख गरिएको समाचार अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १.२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।

यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २.७ बजे ५.३ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ।

त्यसपछि बिहान ३.२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ।


अनलाईनमा उल्लेखित समाचारमा राष्ट्रिय भुकम्प मापन केन्द्रलाई श्रोतको रुपमा उल्लेख गरिएको छ ।

भुकम्पबाट भएको क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन् ।