Print

जोशीसंगको मतान्तर घटाउँदै गिरी

६ मंसीर, पर्वत । प्रतिनिधि सभाका उमेदवार पदम गिरीले अर्का उमेदवार अर्जुन जोशीसंगको मतान्तर घटाउदै लगेका छन् । गठबन्धनको तर्फबाट उमेदवार बनेका कांग्रेसका नेता जोशीले यस अघि ६९८ सम्मको अग्रता लिएका थिए । कांग्रेस र माओवादीको प्रभावित क्षेत्रहरु जलजला, पैयू र विहादी क्षेत्रमा भईरहेको मतगणना अन्य पालिकाहरुमा गए पछि भने गिरीको मतान्तर क्रमशः घट्दै गईरहेको छ ।

अहिले जिल्लाको मोदी गाउँपालिका र विहादीका केहि वडाहरुको गणना भईरहेको छ । ति वडाहरुमा गिरीको मतान्तर घट्दै गएको छ । पछिल्लो प्राप्त तथ्यांक अनु्सार एमालेका उमेदवार गिरीसंग जोशीले २५१ मतको अग्रता लिएका छन् ।

जोशीले कुल ९३९२ मत ल्याउँदा गिरीले ९१४१  मत ल्याएका छन् । पछिल्लो समय बाजुङ, वहाकी, चित्रे र उरामपोखराको मतगणना हुँदा गिरीले २८७ मतले जोशीलाई पछि पारेका छन् ।