Print

प्रतिनिधि सभामा १२ हजार मतगणना हुँदा ५ सय ८ मतले जोशिको अग्रता

६ मंसिर, पर्वत। प्रतिनिधि सभा तर्फ जारी मतगणनामा कांग्रेसका अर्जुन जोशिले अग्रता लिएका‌ छन् । पैयू गाउँ पालिका र जलजला गाउँ पालिका का वडाहरू मा जारि मतगणनामा जोशिले एमाले का गिरिलाइ ५ सय ८ ले पछि पारेका‌ हुन । जोशिले ५६१४ ल्याउदा गिरीले ५१०६ मत ल्याएका छन् ।

हालसम्म बाँसखर्क, माझफाँट, शालिजा, नाङलीवाङ, धाइरिङ, बनौ, र पैयू गाउँपालिकाको टकलाक, बेउलिबास, भोेर्ले, सरौखोला, त्रिबेणी, हुवास मतगणना भइसकेको छ। अहिले धाईरिङ, हुवास र लेकफाँटको बाकी मत गणना हुदैछ ।

मतगणना भएका वडाहरुमा कांग्रेस को बचर्श भएका हुन् । बाकी कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, बिहादी गाउँ पालिका र फलेबास नगरपालिकाको मतगणना बाकि रहेको छ।