Print

पैँयूमा ५ दलको बृहत आमसभा : देश विकास पछि गरौंला, अहिले गठबन्धन जोगाउँ

२५ कार्तिक, पर्वत । विहिवार दक्षिण पर्वतको पैयू गाउँपालिकामा ५ दलिय गठबन्धनको चुनावी सभा थियो । निर्वाचनको बेलामा हुने चुनावी कार्यक्रमहरुका यस अघि छुट्टै रौनक हुन्थ्यो । चुनावी सभामा उमेदवारले के कुरा बोल्छन् भनेर कार्यकर्ताहरु गाउँ गाउँबाट सभामा जान्थे । सभामा ताली बज्थ्यो । प्रतिबद्धताका चाङ हुन्थे । देश विकासका एजेण्डा हुन्थे । तर आज भोली हुने चुनावी सभामा गठबन्धन बनाउनु परेको छ नेताहरुलाई ।

२०५२ सालमा तत्कालीन कांग्रेस सरकारकै कारण जनयुद्ध भयो । त्यहि युद्धका २ पाटी अहिले गठबन्धन बनाएर चुनावी सभामा जाँदा कार्यकर्ताहरु नै अन्यौलमा देखिन्छन् । एमाले फुटेर बनेको दल समेत त्यो गठबन्धनमा सहभागी हूँदा गठबन्धनको अर्थ र औचित्य माथि भारी प्रश्न तेसिएका छन् । संघीयताकै लागि जनयुद्ध गरेको माओवादी र संघीयता देशमा चाहिँदैन भन्ने जनमोर्चा समेत गबठन्धनमा छ । नेताहरु यहि गठबन्धन जोगाए मात्र देशको हित हुन्छ भन्ने निश्कर्षमा छन् । तर, जनता अहिले गठबन्धन नेताहरुको निर्वाचन लक्षित भ्रम हो भन्ने कुरामा स्पष्ट छन् । निर्वाचनको भोलिपल्ट देखि नै गठबन्धन फुट्ने नयाँ गठबन्धन बन्ने र सरकार बनाउने कुरामा विवाद हुने स्पष्ट छ ।

२०६४ सालको निर्वाचन पछि देशमा धेरै गठबन्धन बने । कहिले एमाले माओवादी, कहिले एमाले कांग्रेस, कहिले कांग्रेस माओवादी, कहिले मधेसी दलसंग अन्य दल । यी सवै गठबन्धन बढिमा १ बर्षमा भत्किए । पछिल्लो समय देशमा एमाले शक्तिशाली बन्दै गएपछि पुनः ५ दलिय गठबन्धन बनेको छ । ४ दल मिलेर २० प्रतिशतमा एमाले फुटाउने अध्यादेश ल्याएपछि १ दल थप भएर ५ दल बनेको हो ।

संघीयताका पक्ष धर, संघीयताका विपक्षी सवै एकै ठाउँमा एउटै मञ्चमा बसेर भन्ने गरेका छन् । गठबन्धन १५ बर्ष जोगाउने हो, गठबन्धन बचाउने हो । देश विकास भन्दा ठूलो कुरा संविधान हो भन्दै पर्वतको पैयूमा १ दर्जन नेताहरुले भाषण गरे । देश बनाउने कुरा गर्दै गरौंला अहिले गठबन्धन बचाउँ कांग्रेसबाट प्रतिनिधि सभाका उमेदवार अर्जुन जोशीले भने – ओलीले प्रतिगमन गरे अव गठबन्धनलाई भोट दिएर संविधानको रक्षा गरौं ।

अर्का प्रदेश सभाका उमेदवार ऋषीकेश तिवारी पनि कांग्रेसकै उमेदवार हुन् । उनले पनि संविधान जोगाए मात्र देश बच्ने भएकाले गठबन्धनले संविधान जोगाउने तर्क गरे ।
कांग्रेस, माओवादी, समाजवादीका नेताहरुले एमालेका अध्यक्ष प्रधानमन्त्री हुँदा संसद विघटन गरेका कारण अव संसद विघटन नगर्ने गठबन्धनलाई मत मागिरहेका छन् ।

निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएका कारण वर्तमान संविधानले दुई वा सो भन्दा बढि दलले सरकार बनाउने ब्यवस्था गरेको छ । ति दलहरु वीच सहमती नहुँदा सरकार बन्दैन् । यस्तो अवस्थामा ताजा जनादेश लिएर निर्वाचनमा जान तत्कालीन प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरुद्धमा अहिले गठबन्धन बनेको छ । गठबन्धनसंग धेरै ठाउँमा एमाले एक्लै भिड्दैछ भने केहि ठाउँमा एमालेलाई राप्रपाले साथ दिएको छ । समाचार विश्लेषण