२० असोज, पर्वत । जिल्लाको नाइलीवाङमा युवा संघ नेपालको वडा कमिटि गठन भएको छ । राष्ट्रिय युवा संघ नेपाल जलजला गाउँ कमिटिले नाइलीवाङमा युवा संघको कमिटि गरेको हो ।

युवा संघको वडा भेलामा प्रम्ुख अतिथि नेकपा एमालेका नेता लालबहादुर अधिकारीले नेकपा एमाले नै आगामी निर्वाचनमा पहिलो शक्ति हुने दावी गरे । उनले नेकपा एमाले छोडेर गएकाहरु लुरुलुरु एमालमै फर्कने बाहेकको विकल्प छैन भन्दै कोहि युवाहरु पनि एमाले छोडेर अर्को संगठनमा नलाग्न अनुरोध गरे ।
कार्यक्रममा युवा संघका केन्द्रिय सचिव तथा युवा नेता बिमल लामिछानले युवाहरुको जोश जागर र शक्तिकै कारण एमालेले आगामी निर्वाचनमा विजयी हासिल गर्ने दावी गरे । उनले गबन्धनको नाउँमा नयाँ सरकार बनाएर देशलाई बन्धक बनाएको जिकिर गर्दै युवाहरु अव सामाजिक, राजनैतिक सवै आन्दोलनमा अग्रणी मोर्चामा लाग्नुपर्ने धारणा राखे ।
कार्यक्रममा युवा संघका जिल्ला अध्यक्ष थमनारायण पौडेलले पर्वत जिल्लामा युवा संघले अन्याय, अत्याचार र विसंगतीको विरुद्धमा धावा बोल्ने बताए । उनले जहाँ अन्याय हुन्छ, जहाँ अत्याचार हुन्छ त्यहाँ युवा संघले आफ्नो उपस्थिती देखाउने दावी गरे । युवासंघ जलजला गाउँकमिटिका अध्यक्ष दिलिप बरुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य नरबहादुर कार्कीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन युवा संघका नेता महेन्द्र रेग्मीले गरेका थिए ।




